साउदीमा दुई नेपाली महिलाको उद्धार, क्षतिपूर्ति सहित नेपाल पठाउन आग्रह 

काठमाडौ, माघ ९– जिफन्टद्धारा उद्धार गरी दुतावासमा पठाइएका २ महिलालाई क्षतिपूर्ति सहित नेपाल पठाउन जिफन्ट सपोर्ट ग्रुप, साउदी अरेवियाले अनुरोध गरेको छ । सपोर्ट ग्रुपको प्रयत्नमा उद्धार गरी दुतावास  पुर्याइएका उनीहरुले विगत लामो समयदेखि तलव नपाएको भन्दै बाँकी तलव बरावरको रकम दिलाई नेपाल पठाउन आग्रह गरिएको हो । 

५ बर्ष अघि कुवेत भनेर साउदी ल्याइएका मकवानपुर फापरवारी राईगाउँकी २१ ब्र्षिया सरिता तिदोङ र रसुवाकी २१ बर्षिया सितामाया थिङलाई जिफन्ट सपोर्ट ग्रुपले उद्धार गरेको हो । उनीहरुलाई साउदी अरवको कुवेत बोर्डरमा पर्ने हापर बातेनको एक गाउँबाट शम्शेर तामाङ र राज तामाङले उद्धार गरेका थिए । उनीहरुले दुई घण्टाको प्रयासपछि उद्धार गरेर नेपाली दुतावास, दमाम पठाएका छन् ।  

कुटपीट गर्ने तथा घरमा कुरा समेत गर्र्न नदिने गरेको गुनासो प्राप्त भएपछि उनीहरुलाई जिफन्ट सपोर्ट ग्रुप, साउदीले उद्धार गरेको हो । पीडित मध्ये सरिताले ३ बर्षदेखि तलव पाएकी छैनन् भनें सुतामायाले ६ महिनादेखिको तलव पाउन बाँकी रहेको उनीहरुको भनाई छ । उनीहरुले पाउन बाँकी रकम क्षतिपूर्ति सहित दिलाएर पीडितलाई नेपाल पठाउन जिफन्ट सपोर्ट ग्रुप, साउदी अरवले आग्रह गरेको छ । 

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: