जहाँ दिनहुँ एक नेपालीको ज्यान गइरहेको छ …………………. 

 

काठमाडौं, माघ ९

नेपालबाट बर्षमा सरदर ५ लाख नेपाली रोजगारीका लागि विदेशिने गरेका छन् । त्यसमध्ये बहुसंख्यकको गन्तव्य खाडीका ६ मुलुक र मलेसिया हो । दुई बर्ष अघिसम्म मलेसिया नेपाली कामदारको पहिलो रोजाईको गन्तव्य मुलुक हो । हाल कतार पहिलो गन्तव्य मुलुक भएको छ । 

तर जानेको संख्यासँगै त्यहाँ कार्यरत नेपालीको विभिन्न कारणले मृत्यु हुने क्रम पनि ठूलो छ । मलेसियामा सन् २०१६ मा मात्रै ३ सय ८६ नेपालीले ज्यान गुमाएका छन् । यो मलेसिया र साउदी अरवको भन्दा धेरै हो । कतारमा सन् २०१६ मा १ सय ८६ नेपालीको मृत्यु भएको छ । 

मलेसियास्थीत नेपाली दुतावासका अनुसार सन् २०१६ जनवरी देखि गत डिसेम्वर २७ सम्मको यो तथ्याँक हो । सुखद पक्ष, सन् २०१५ को भन्दा यो संख्या भनें कम हो । अघिल्लो बर्ष यहि समयमा ४ सय २५ नेपालीको मलेसियामा मृत्यु भएको थियो । मलेसिया जाने नयाँ कामदारको संख्यामा आएको कमिका कारण मृत्यु हुनेको संख्या पनि कम भएको अनुमान गरिएको छ । 

यसरी मृत्यु हुने मध्ये आधा भन्दा बढीको हृदयाघातका कारण मृत्यु हुने गरेको छ । यसैगरी दोश्रोमा प्राकृतिक मृत्यु देखिएको छ भनें तेश्रोमा आत्महत्या तथा सडक दुर्घटना एवं कार्यथलोमा हुने दुर्घटना रहेको छ । 

एम्नेष्टि ईन्टरनेशनलकी आप्रवासी कामदारको अधिकार सम्वन्धि विषयकी अध्ययनकर्ता एञ्जेला शेरउडले बहुुसंख्यक कामदारको मृत्युको कारण पत्ता लगाउन दुवै देशका सरकारले चासो नदिनु आश्चर्यको विषय भएको बताइन् । स्वस्थ व्यक्ति मात्र बैदेशिक रोजगारमा जाने भएका कारण यसरी देखिने ठूलो मृतकको संख्या चिन्ताजनक छ ।

सन् २०१५ को नेभेम्वरसम्म वैधानिक रुपमा मलेसियामा काम गर्ने नेपालीको संख्या ४ लाख ११ हजार ३ सय ६४ रहेको छ । भूकम्प पश्चात ठूलो संख्यामा नेपाली मलेसियाबाट फर्केको र हाल सो मुलुकमा जानेकोे संख्या निक्कै कम भएको छ ।  

काठमाण्डु पोष्टबाट अनुवादित 

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय