युएईमा प्रधानमन्त्रीको फोटो विगारेर प्रचार गर्नेलाई कारवाही हुने 

युएई, माघ ७- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड युएई भ्रमणमा आएका बेला खिचिएको भिडियोबाट फोटो निकालेर खुट्टो बाङ्गो देखाई सामाजिक सञ्जालमा हाल्नेमाथि कारबाही गरिने भएको छ । प्रधानमन्त्रीबारे गरिएको गलत प्रचारमा संलग्न नेपालीलाई युएईस्थित दूतावासले कारबाहीको तयारी गरेको हो । 

प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणको समयमा लिइएको भिडियोबाट फोटो क्रप गरेर सामाजिक सन्जालमा गरिएको अनर्गल प्रचारप्रति खेद ब्यक्त गर्दै सम्बन्धित निकायसँगको समन्वयमा कारबाही गर्ने तयारी थालिएको युएईका लागि कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनले बताए । 

नेपाली दूतावास आबुधाबीले शुक्रबार युएईको रसअलखेमामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राजदुत टन्डनले यहाँ कार्यरत नेपालीहरुले त्यसो गरेको भन्ने जानकारीमा आएको भन्दै त्यसबारेमा अनुसन्धान सुरु भइसकेको  जानकारी दिए । 

प्रधानमन्त्रीको राजकीय भ्रमणमा हुँदै नभएको र गर्दै नगरेको बिषयलाई गलत व्याख्या गर्दै सामाजिक सन्जालमा भाइरल बनाई त्यसैका आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएको भन्दै त्यो कार्य गलत भएको राजदुत टन्डनको भनाइ छ । 

युएई जस्तो देशमा कुनै देशको प्रधानमन्त्रीको भ्रमणका बिषयमा गलत व्याख्या गरेर मापसे गरेको भन्दै तस्बिरमा अपव्याख्या गर्दा गलत सन्देश जाने भएकोले समब्न्धित ब्यक्ति अनुसन्धानको दायरामा आउने उनले बताए । ‘गलत गर्नेलाई कानुन अनुसार कारबाही हुन्छ । कारबाही हुनुअगावै सम्बन्धित ब्यक्तिले पुर्वतयारी थाले हुन्छ’, राजदुत टन्डनले भने । 

आफु कुनै राजनीतिक दल वा समुहसँग नडराउने भन्दै उनले गलत गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरे । गलत काम गर्नेलाई हुने कारबाहीबारे स्पष्ट नबताए पनि डिपोर्टसम्म हुने बिषयमा छलफल भइरहेको उनले बताए । 

कारोवारबाट 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/E6vqi7x4IY8″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: