नेपालीको हत्या आशंका, १३ जना नेपाली प्रहरी नियन्त्रणमा 

क्वालालम्पुर, माघ ६ 

मलेसियाको पेनाङमा मृत भेटिएका एकजना नेपाली युवाको हत्या भएको आशंका गरिएको छ । महोत्तरी, सिसावाकतैया गाविस घर भई बुकित तेंगाहस्थित एक फ्याक्ट्रीमा कार्यरत राधेश्याम पाण्डे गत सोमबार बिहान पेनाङको नागासारीस्थित पाडाङ खेल मैदानमा मृत भेटिएका थिए । प्रहरीका अनुसार उनको घाँटी र पेटमा गहिरो चोट छ ।

गत आइतबार कम्पनीको नियमित काम सकेर होस्टल फर्किएका पाण्डे बेलुका करिब ७ बजेतिर होस्टलबाट बाहिरिएका थिए । उनको शवलाई स्थानीय अस्पतालमा राखिएको र प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाली राजदुत निरञ्जनमान सिंह बस्न्यातले बताए । उनका अनुसार प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि मंगलबार १३ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । ‘सोधपुछका लागि त्यही कम्पनीमा कार्यरत १३ नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको खबर पाएका छौं । घटनाबारे विस्तृतमा बुझ्न पेनाङमा रहेको कन्सुलेट कार्यालयलाई भनेका छौं’ उनले भने ‘विस्तृतमा आउन बाँकी छ ।’

घटनाबारे गहिरो छानविन गर्न र दोषीलाई कार्बाही गर्नुपर्ने भन्दै मलेसियामा कार्यरत नेपाली कामदारले दुतावासलाई आग्रह गरेका छन् ।

कान्तिपुरबाट 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/chjbEXoC18M” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: