पुषमा कतार जाने धेरै, दोश्रोमा मलेसिया, साउदी तेश्रो गन्तव्य   

काठमाडौं, माघ ६ 

पुष महिनामा नेपालबाट २७ हजार ९ सय ३३ नेपाली रोजगारीका लागि विदेशिएका छन् । संस्थागत(म्यानपावर कम्पनी मार्फत) रुपमा बैदेशिक रोजगारमा जानेको संख्या अघिल्लो बर्षको पुष भन्दा यो कम हो । साउदी अरवमा रोजगारीमा देखिएको समस्या तथा मलेसियामा घटेको मागको असर नेपाली श्रम बजारमा पनि परेपछि रोजगारीमा जानेको संख्या घटेको हो । अघिल्लो बर्षको पुषमा ३२ हजार २ सय ४१ ज्ना नेपाली रोजगारीका लागि विदेश गएका थिए । 

पुष महिनामा सवैभन्दा धेरै नेपाली कतार उडेका छन् । सो महिनामा कतारको रोजगारीका लागि १० हजार ५८ जना नेपाली गएका छन् । दोश्रोमा मलेसिया देखिएको छ जहाँ ६ हजार ८ सय ५९ जना रोजगारीका लागि गएका छन् । यसैगरी तेश्रोमा साउदी अरवमा ५ हजार ४ सय ३३ जना विदेश गएका छन् । चौथोमा युएई रहेको छ जहाँ ३ हजार ४ सय ४६ जना नेपाली रोजगारीका लागि गत पुष महिनामा गएका छन् । 

गत महिना व्यक्तिगत तर्फ ६ सय ५८ जना विदेश गएका छन् भनें पुन श्रम स्वीकृति लिएर जानेको संख्या २३ हजार ७ सय ९६ छ । गत मंसिर महिनामा ३० हजार ७ सय ८६ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/E6vqi7x4IY8″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: