अलपत्र परेकाहरुका लागि सरकारले १६ लाख पठाउने 

काठमाडौं, माघ ५ 

अलपत्र कामदारलाई खाना खुवाउनका निम्ति वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले खाडी र मलेसियामा रहेका नेपाली दूतावासहरुलाई १६ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ । बोर्डका अध्यक्ष श्रममन्त्री सूर्यमान गुरुङको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । बैठले साउदी अरब र मलेसियालाई ५र५ लाख रुपैयाँ र युएई, कतार र कुवेतलाई दुई, दुई लाखको दरले १६ लाख दिने निर्णय गरेको हो । कम्पनीले काम नदिनुको साथै खाना समेत नपाउने कामदारका न्युनतम सुरक्षाको लागि बोर्डले यो रकम उपलब्ध गराएको हो । दुतावासमा बस्न बाध्य भएका कामदारलाई यसले ठूलो सहयोग गर्नेछ ।

दूतावासहरुमा बजेट नहुँदा अलपत्र कामदारलाई खानाको लागि पनि सहयोग गर्न सकिएको थिएन । बोर्डले गन्तव्य मुलुकमा विभिन्न अभियोग लागेर जेलमा रहेका नेपालीलाई वकिल उपलब्ध गराउन लाग्ने खर्चको विषयमा एउटा मापदण्ड बनाउने निर्णय गरेको छ । दूतावासले वकिल उपलब्ध गराउन बोर्डलाई अनुरोध गरेको हुनाले कल्याणकारी कोषको रकम परिचालन गर्ने विषयमा मापदण्ड बनाउन लागेको हो । खाडी तथा मलेसियाका जेलमा निर्दोष नेपाली परे पनि वकिलको अभावमा मुद्दा लड्न नसक्दा वर्षौसम्म बिनाअपराध सजाय भोग्न बाध्य हुने गरेका छन् ।

बोर्डले अन्तर्राष्ट्रिय श्रम बजारको खोजी तथा अध्ययनको लागि श्रम राज्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय लिएको छ । सो समितिमा रहने पदाधिकारी, समितिको कार्यविवरण लगायत विषयमा बोर्डका अध्यक्षले तोक्ने निर्णय गरेको छ । बोर्डले कल्याणकारी कोषमा जम्मा गर्ने रकम बढाउन कार्यकारी निर्देशक रघुराज काफ्लेको संयोजकत्वमा समिति बनाएको छ । यसलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

कान्तिपुरबाट 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: