युएईको एक रेष्टुरेण्टमा जागिर खोजिरहेकाहरुलाई निःशुल्क खाना 

 

दुवई, माघ ५

रेष्टुरेण्टमा सित्तैंमा खाना ? त्यो पनि जागिर नभएर खोज्दै गरेकाहरुलाई ? हो, युएईमा एउटा त्यस्तो रेष्टुरेण्ट छ जसले जागिर खोजिरहेका बेरोजगारलाई सित्तैंमा खाना खुवाउने गरेको छ । गल्फ न्यूजका अनुसार जागिर खोजिरहेका र खाना खाने पैसा समेत नभएकाहरुलाई सो रेष्टुरेण्टले हप्तामा एकदिन पर्याप्त खाना उपलव्ध गराउने गरेको छ । यसरी खाना उपलव्ध गराउने रेष्टुरेण्टको नाम नोम नोम एसिया रेष्टुरेण्ट हो जुन करामा तथा अल बर्षामा रहेको छ । समाचारमा जनाइए अनुसार खानामा उपलव्ध मुख्य खानेकुरासँगै नुडल्स खाने वा भात भन्ने छान्ने सुविधा पनि उपलव्ध छ । 

रेष्टुरेण्टको साइनबोर्डमा लेखिएको छः जागिर खोजिरहेकाहरुले यहाँ सित्तैंमा खान पाउँछन्, तर जसले सहयोगको खानेकुरा नखाई, पैसा तिरेर खाने ईच्छा राख्छ त्यो सेवा पनि उपलव्ध छ । अल बर्षाको रेष्टुरेण्ट एक बर्षदेखि सञ्चालनमा छ । यो हामीले अन्तरआत्मा देखि नै सहयोगको उद्धेश्यले सञ्चालन गरेका हौं रेष्टुरेण्टका सञ्चालकलाई उध्रित गर्दै समाचारमा जनाइएको छ । 

कतिपयले भनें जागिर पाएपछि फर्केर आफूले पहिले खाएको खानाको रकम तिर्ने समेत गरेका छन् । उनीहरुले दिने आशिर्वाद ठूलो भएको रेष्टुरेण्ट सञ्चालकको भनाई छ । यो सुविधा आफूले रेष्टुरेण्ट सञ्चालन गरेसम्म रहने उनको भनाई छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/E6vqi7x4IY8″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: