अमर बहादुर बमलाई आममाफी दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, माघ ४- 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युएईको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफी सहित नेपाल पठाउने व्यवस्था गर्न आग्रह गरेका छन् । युएईका उपराष्ट्रपति मोहमद बिन रसिद अल मक्तोमसँगको भेटमा प्रधानमन्त्रीले सो आग्रह गरेका हुन् । प्रधानमन्त्रीको आग्रहपछि उपराष्ट्रपति मक्तोमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने जानकारी दिए । 

मंगलबार दिउँसो दुवईमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति मक्तोमबीच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक दृष्टिले उच्च चुचुरो (सगरमाथा) को देश भएको र युएई मानव निर्मित ठूला टावरहरुको देश भएकोले नेपाल दुई उच्च टावरलाई जोडेर आपसी हित र मित्रतालाई थप बलियो बनाउन चाहेको बताए । 

भेटमा प्रधानमन्त्रीले जलविद्युतका क्षेत्रमा लगानी गर्न उपराष्ट्रपति मक्तोमको ध्यानाकर्षण गराएका थिए ।सो अवसरमा प्रधानमन्त्रीले युएईमा कार्यरत नेपाली कामदारहरुले भोगेका समस्या र युएई सरकारसँग गरेका अपेक्षाबारे उपराष्ट्रपतिको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटका क्रममा युएईका उपराष्ट्रपति मक्तोमले नेपालीहरु विश्वमै सबैभन्दा सोझा र इमान्दार भएको भन्दै नेपालको विकासमा लगानी गर्न र नेपाली कामदारहरुका समस्या समाधान गर्न युएई सरकारले थप पहल र सुधार गर्ने बताए । सो अवसरमा मक्तोमले नेपालद्वारा चासो व्यक्त गरिएका विषयहरुबारे आफू गम्भीर भएको र छिटै त्यसमा आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास दिलाए । 

दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन गत माघ १ गते युएई प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड तीन दिन लामो भ्रमणसकेर मंगलबार अपरान्ह स्वदेश फर्केका छन् । 

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: