५१ हजार रिंगिट तिर्यो कम्पनीले 

काठमाडौं, माघ ४

५ महिना देखि तलव समेत नदिइ मलेसियामा सेक्यूरिटी गार्डका रुपमा काममा लगाइएका ५ जना नेपालीलाई उनीहरुलाई रोजगारीमा लगाउने कम्पनीले ५१ हजार रिंगिट तिरेको छ । उनीहरुलाई स्थानीय ट्रेड यूनियन मलेसियन ट्रेड यूनियन कँग्रेस(एमटीयुसी) तथा नेपाली दुतावासको सहयोगमा जिफन्ट सपोर्ट ग्रुपले रकम दिलाइएको मलेसियाबाट जिफन्टकर्मी वेदकुमार खतिवडाले जनाएका छन् ।  

निवेदन प्राप्त भएपछि जिफन्टले सो निवेदनलाई एमटीयूसी तथा क्वालालम्पुरस्थीत नेपाली दुतावासमा दर्ता गराएको थियो । त्यसपछि भएको छलफलमा उनीहरुलाई रोजगारीमा लगाउने सेक्योर गार्ड कम्पनी तिर्न बाँकी ५ मपहनाको तलव तथा ३ महिनाको सेक्युरिटी धरौटी वापतको रकम तिर्न सहमत भएको थियो । दुतावासमा भएको छलफलमा कम्पनीका व्यवस्थापक खगेन्द्र खड्काले ति पीडितलाई उनीहरुको हवाई टिकट तथा पासपोर्ट सहित १२ लाख ३४ हजार २ सय रुपैंयाँ बरावरको रकम तिरेका थिए ।  

यसरी रकम पाउनेहरुमा सुरक्षा गार्डका रुपमा कार्यरत सीताराम लखाजु, गोबिन्द बिष्ट, दोर्जे तामाङ्ग, हेम बहादुर खत्री र गणेश बहादुर पाण्डे रहेका छन् । उनीहरु काठमाण्डौकोसदिक्षा ओभरसेज मार्फत रोजगारीका लागि मलेशिया गएका थिए । सो कम्पनीमा अन्य थुप्रैले तलव नपाएपनि कम्पनीको अन्याय विरुद्धमा बोल्न नसकेको जानकारी प्राप्त भएको खतिवडाले बताएका छन् । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय