कति छ रियाल, रिंगिट, दिरहम र दिनारको मूल्य ?

काठमाडौं, माघ ४

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ८७ पैसा र विक्रि दर ३० रुपैंयाँ ३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ६१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७७ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया छ भनें विक्रि दर २९ रुपैंयाँ १६ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ ३५ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ४९ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २४ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३५५ रुपैंया ८१ पैसा छ भनें विक्रि दर ३५७ रुपैंयाँ ७७ पैसा छ । बहराइन दिनारको खरिददर २८८ रुपैंयाँ ४३ पैसा छ भनें विक्रि दर २९० रुपैंयाँ २ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/E6vqi7x4IY8″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: