युनियनहरु आन्दोलनका लागि तयार 

काठमाडौं, माघ ३– होटल क्षेत्रका तीनवटा ट्रेड यूनियनहरुले १० बर्ष अघि लागु भएको सेवा शुल्क पुनरावलोकनका लागि एक हप्ताको अल्टिमेटम सहित होटल एसोसिएसन नेपाल(हान) लाई ध्यानाकर्षण गरेका छन् । जिफन्ट आवद्ध नेस्वहोमयू सहित तीनवटा यूनियनहरुले शत प्रतिशत सेवा शुल्क कामदारले पाउनु पर्ने व्यवस्थाका लागि ध्यानाकर्षण गराएका हुन् । 

यूनियनहरुका तर्फबाट बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छः यसअघि सन् २००६ मा सम्पन्न सेवा शुल्क सम्बन्धी सम्झौता पुनरावलोकनका लागि पत्राचार गर्दा होटल संघ नेपालले बेवास्ता गरी सम्झौताको मर्म र भावना बिपरित क्रियाकलाप सञ्चालन गरेकोले हामी संयूक्त टे«ड यूनियनको तर्फबाट यो ध्यानाकर्षण गराउँदछौं । पत्रमा शतप्रतिशत सेवा शुल्क कामदारलाई नै उपलब्ध गराउनु पर्ने भन्दै त्यसका लागि यसअघिको सम्झौता पुनरावलोकनका लागि एक हप्ता भित्र वार्ता आव्हान गरी समस्या समाधान गर्न यूनियनहरुले आग्रह गरेका छन् । माग पूरा नभए माघ ४ गतेदेखि सशक्त आन्दोलनका कार्यक्रम सुरु हुने चेतावनी यूनियनहरुले दिएका छन् । 

यसैबीच शतप्रतिशत सेवा शुल्क प्राप्तीको आन्दोलनलाई निर्णयक बनाउन गत पुष २६ गते नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघ राष्ट्रिय समितिले केन्द्रीय संयूक्त संघर्ष समिति बनाएका छन् । आन्दोलनलाई सहि रुपमा अगाडी बढाउने उद्धेश्यले बनाइएको संघर्ष समितिको आचारसंसहता समेत तयार पारिएको छ । तीनवटा यूनियन मध्ये कुनै पनि एक यूनियनले एकलौटी ढंगले आन्दोलन फिर्ता लिन नपाइने सहमति फिर्ता लिन नपाइने सहमति यूनियनहरु बीच भएको छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7M95Yy0W3sw” frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

 

 

 

 

 

 

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: