विदेश जानेलाई कल्याणकारी कोषको रकम बढाउन प्रस्ताव

 

काठमाडौं, माघ २- 

बैदेशिक रोजगारमा जाने कामदारले कल्याणकारी कोष वापत हाल तिर्दै आएको रकम बृद्धि गर्न बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रस्ताव गरेको छ । बोर्डको बैठकमा हाल कामदारले जम्मा गर्दै आएको रकम रु १ हजारलाई बृद्धि गरी २ हजार ५ सयसम्म बनाउन प्रस्ताव गरिएको छ । 

बोर्डले हाल उठाउँदै आएको रकमलाई बर्ष अनुसार छुट्टा छुट्टै रुपमा उठाउने प्रस्ताव गरेको हो । जसमा दुई बर्षको श्रम सम्झौतामा जानेहरुका लागि १ हजार २ सय बनाउन प्रस्ताव गरिएको छ । यो हाल लिईंदै आएको भन्दा २ सय बढी हो । यसैगरी तीन बर्षसम्मको श्रम सम्झौतामा जानेहरुलाई १ हजार ५ सय बनाउन प्रस्ताव गरिएको छ । यो निर्र्णय भएमा मलेसिया जानेहरुले हाल तिर्दै आएको भन्दा ५ सय बढी तिर्नुपर्नेछ । 

तीन बर्षभन्दा लामो समयको श्रम सम्झौता गरेर जानेहरुका लागि २ हजार तथा दक्षिण कोरिया, जापान, ईजरायल लगायतका सरकारी निकायबाट पठाउँदा २ हजार ५ सय रुपैंयाँ कोषमा जम्मा गर्ने व्यवस्था प्रस्तावित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले हाल बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारले पाउँदै आएको रकमलाई बृद्धि गरी ७ लाख बनाउने भनि गरेको घोषणा कार्यान्वयनका लागि भन्दै रकम बढाउन लागिएको हो । 

बोर्डका तर्फबाट रकम बढाउने प्रस्तव आएपछि ट्रेड यूनियनका प्रतिनिधिहरुले यसको विरोध गरेका थिए । उनीहरुले राज्यले प्राप्त गरिरहेकोे रेमिट्यान्सको केहि हिस्सा कल्याणकारी कोषमा राख्नुपर्ने भन्दै यसरी कामदार माथि नै आर्थिक भार थोपर्नु उचित नहुने तर्क गरेका थिए । ट्रेड यूनियनहरुको विरोध पछि यस विषयमा छलफल गर्न समिति बनाउने निश्कर्षमा बैठकका सहभागि पुगेको सो बैठकका एक सहभागिले बताए । उनका अनुसार प्रधानमन्त्रीको घोषणा कार्यान्वयनको नाममा यसरी शुल्क बृद्धि गरिए त्यसको विरोधमा ट्रेड यूनियनहरु उत्रिने चेतावनी दिएपछि बोर्डका पदाधिकारी पछि हटेका हुन् । 

बैठकमा सीपमूलक तालिम सञ्चालन, बीमाको थप व्यवस्था लगायतका विषयमा छलफल भएको थियो ।   

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय