जनसम्पर्क समिति कतारको मेलमिलाप दिवस तथा बनभोज सम्पन्न 

 

अजिज अलि, दोहा, माघ २- नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति कतारले ४१ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर  आयोजना गरेको सातौ बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

बिपी कोइराला विसं २०३३ मा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न र नेपाली जनताको स्वाभिमान स्थापना गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ मेलमिलापको नीति लिएर भारत प्रवासबाट गणेशमान सिंह, नेतृ शैलजा आचार्य लगायतका नेताहरू सहित स्वदेश फर्केको दिन पुस १६ गतेको स्मरण गर्दै कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गर्दछ । सोहि दिवसको अवसर पारेर जनसम्पर्क समितिले हरेक बर्ष विभिन्न सांस्कृतिक मनोरंजनका साथ बनभोज कार्यक्रमको आयोजना गरेर मनाउदै आइरहेको हो ।

जनसम्पर्क समिति कतारका सभापति केशव भुसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतावास कतारका दित्तीय सचिव हरि अर्याल, बिशेष अतिथि समितिका संस्थापक प्रमुख सल्लाहकार बद्रि पाण्डे, बिशेष अतिथि प्रमुख सल्लाहकार बिमल सुवेदी रहेका थिए । 

राष्ट्रिय गान, ब्यानर अनावरण र दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा देशका लागि आहुति दिने सहिदहरु प्रति १ मिनट मौन धारणा गरिएको थियो । संस्थाका उपसभापति सुनिल मण्डलले स्वागत मन्तब्य राखेका थिए । 

फेवा सांस्कृतिक परिवार, तमु सांस्कृतिक परिवार, मितेरी फिल्मसका कलाकारहरु, गायिका देविका केसी लगायत स्थानीय कलाकारहरुको नृत्य, लोक दोहोरी, हास्यब्यंग र एकल गित संगीतले भरपुर मनोरंजन दिइएको उक्त कार्यक्रममा सहभागी अतिथिहरुले नाचेर साथ दिएका थिए  । 

प्रमुख अतिथि हरि अर्यालले जनसम्पर्क समिति प्रवास रहेर देश र समाजका लागि केहि गर्ने उदेश्य सहित स्थापित संघ  संस्थाहरुले यसरि सबैलाइ समेटेर पारिवारिक बाताबरणको कार्यक्रम गर्नु बीपीको राष्ट्रिय मेलमिलापकै  मर्म पनि भएको भन्दै कार्यक्रमलाइ शुभकामना दिएका थिए । 

त्यसैगरी बिशेष अतिथि बद्रि पाण्डेले बिपीको मेलमिलापको नीति  अहिलेको देशको परिस्थिति संग निक्कै सान्दर्भिक रहेको भन्दै प्रवासबाट मेलमिलापको सन्देश दिने हेतुले गरिएको कार्यक्रम प्रति आयोजकलार्इ धन्यबाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा मन्तब्य राख्नेहरुमा समाजसेवी कमलमणि गुरागाई, बिल गुरुङ, सनि ओली, एनआरएनएका आरके शर्मा, पत्रकार महासंघ अध्यक्ष गणेश बन्जाडे, मुस्लिम समाज अध्यक्ष अब्दुल हाफिज महिला समाज उपाध्यक्ष आमिना खान प्युठान सेवा समाजका अध्यक्ष मानबहादुर केसी, जिल्ला संघसंस्था समन्वय समितिका अध्यक्ष सुदर्शन भट्टले बिपी र मेलमिलापका बारेमा आआफ्ना धारणा राख्दै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7M95Yy0W3sw” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: