कोरियाको श्रमिक कोटामा कटौती 

अर्जुन बराल, दक्षिण कोरिया

रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट बिश्वका १५ राष्ट्रबाट आप्रबासी कामदारलाई भित्राउँदै आएको दक्षिण कोरिया सरकारले सन् २०१७ मा को लागि कुल ५६ हजार कामदारको कोटा निर्धारण गरेको छ । सन् २०१६ मा यस्तो कोटा ५८ हजार थियो भनें सन् २०१५ झण्डै ४३ हजार थियो । सन् २०१३ बाट अबैधानिक रुपबाट कोरियामा भियतनामी कामदारको संङख्या बृद्धिको कारण देखाउँदै भियतनाममा कोरियन भाषा परिक्षा बन्द गरिएको थियो । सन् २०१७ बाट त्यहाँ भाषा कक्षा पुनः सुचारु गरिने भएको छ । यसबाट नेपाल लगायत अन्य राष्ट्रको श्रमकोटाको संङख्यामा कटौती हुनेछ ।

सन् २०१६ मा कोरियाली उत्पादन बस्तुको खपतमा कमि, जहाज निर्र्र्माण एवम् ढुवानी ब्यबस्थाको अवस्था दयनिय भएको लगायतका कारणबाट कोरियाको श्रमबजारमा श्रमीकको माग कम हुँदै गएकाले कोटाको संङख्या बृद्धि गर्न नसकिएको र अर्थबजारमा केहि सुधार हुने बित्तिकै अर्को बर्ष श्रमकोटा बढाउन सकिने रोजगार तथा श्रम मन्त्रालयले बताएको छ ।

यस्तै सन् २०१७ का निम्ति कोरिया पूनः प्र्रबेश गर्न पाउने कम्प्युटरमा आधारित परिक्षालाई(सिबिटि) रोजगार प्रक्रिया प्र्रणाली अवलम्बन गरेका १५ राष्ट्रमा श्रमकोटा अभावका कारण मानव संशाधन बिभागले स्थगित गरेको छ । यसले गर्दा सन् २०१२ मा कोरिया सरकारले निर्धारण गरि कोरिया लगेका अनुमानित ६० हजार कामदार सन् २०१७ को अन्त्यसम्म स्वदेश फर्किए तापनि पूनः कोरिया फर्कन चाहने कामदारले सिबिटि परिक्षामा उपस्थिती जनाउने सम्भावना ज्यादै कम हुनुको साथै प्र्रतिस्पर्धा तिब्र हुनेछ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: