प्रधानमन्त्री प्रचण्ड युएईमा, यस्तो छ आजको कार्यक्रम 

 

युएई, माघ २-

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड विश्व उर्जा भविष्यबारे सम्मेलन (वल्ड फ्युचर इनर्जी समिट २०१७) मा भाग लिन युएई आइपुगेका छन् । इत्तिहाद एअरवेजको उडान मार्फत प्रधानमन्त्री प्रचण्ड युएईको समय अनुसार गएराती बेलुका ८ बजेर ३० मिनेटमा अबुधावी अवतरण गरे । 

प्रधानमन्त्रीको नेतृत्वमा उर्जा मन्त्रि जनार्दन शर्मा सहित युएई आइपुगेको  १३ सदस्यीय टोलीलाई  शनिवार बेलुका अबुधावी विमानस्थलमा युएईका श्रम मन्त्री डा. शक्र घोबाश सायद घोबाशले स्वागत गरे । 

विमानस्थलको विशिष्ठ कक्षमा प्रधानमन्त्रीलाई स्वगत गर्न नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र टंडन, द्वितिय सचिव कृष्ण अर्याल, दुतावासका अन्य कर्मचारीहरु, एनआरएन युएईका अध्यक्ष सुदिप कार्की, जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष हेमन्त पौडेल लगायत पुगेका थिए । 

चार दिने भ्रमणमा रहेका प्रधानमन्त्रीले युएईमा रहँदा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले युएईका युवराज शेख मोहमद विन जायद अल नाह्योन, युएईका प्रधानमन्त्री शेख मोहमद विन रासिद अल मोक्तुम लगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली दुतावास युएईका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिए । 

दुतावासका अनुसार माघ २ गते आइतवार प्रधानमन्त्री प्रचण्डले युएईका प्रधानमन्त्री  शेख मोहमद विन रासिद अल मोक्तुमसंग दुबइमा भेटघाट गर्नेछन् । अबुधावीमा रहेको शेख जायद ग्रयाण्ड मस्जिदको भ्रमण गर्नेछन् । लगतै नेपाली दुतावासले आयोजना गरेको भेटघाट कार्यक्रममा उपस्थित हुनेछन् । साथै दिउँसो विश्वको सर्बोच्च भवन बुर्ज खलिफा पनि पुग्ने कार्यक्रम रहेको छ । साँझ दुबइमा  नेपाली जनप्रगतिशिल मञ्च युएईको र नेपाली विजनेस काउन्सीलको आयोजनामा हुने भेटघाट कार्यक्रममा पनि प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डलले उपस्थिती रहने छ । 

आइतवार नै एनआरएन युएईले प्रधानमन्त्रीलाई युएईमा रहेका नेपालीका समस्याहरुको विषयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले जानकारी गराए । 

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7M95Yy0W3sw” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: