अनेसास नवोदितको ६५ औ डबली सम्पन्न 

दीलिप पराजुली, दोहा

दोहामा स्थापित साहित्यिक संस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज र नवोदित साहित्यिक वाचनालय कतारले आफ्नु ६५औ डबली सम्पन्न गरेको छ । हरेक महिना झैँ महिनाको दोश्रो शुक्रबार हुँदै आएको डबलीमा विशिष्ट स्रोताको रुपमा नेपाल इन्जीनियर एसोसिएसन कतारका उपाध्यक्ष वीरेन्द्र कुमार साह रहेका थिए । अन्य डबली भन्दा निकै फरक भएको यो डबलीमा महाकवी विद्यापतिको ५ सय ६८औ स्मृति दिवस समेत मनाइएको छ । महाकवी विद्यापति मैथिली भाषाका निकै लोकप्रिय कबि हुन् । विद्यापतिको सम्झनामा निकै मैथिली सर्जकहरुले आफ्ना गजल, कविता बाचन गरेका थिए ।

कार्यक्रमलाई निकै साहित्यिक माहौलमा संचालन गरेका थिए कार्यक्रमका संयोजक बिन्देश्वेर ठाकुरले भने महाकवी  विद्यापतिको  जीवनी बारे मैथिली सर्जक शत्रुधन यादवले वाचन गरेका थिए । कार्यक्रममा तीन दर्जन भन्दा बढी सर्जकले आ आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । 

प्रवासमा नेपाली साहित्यको बिकाश गर्ने उदेश्यले खोलिएका यी संस्थामा बिभिन्न ब्यक्तिहरुले गजल सुनाएका थिए । कार्यक्रमको अन्त्यमा विशिष्ट स्रोता यादबले दोहाको माहोलमा यस्तो संस्था रहेता पनि आफु अनभिज्ञ रहेको कुरा बताए । यतिका धेरै साहित्यिक सर्जक भएको संस्थामा यसरी कार्यक्रमको विशिष्ट स्रोताको रुपमा रहन पाउँदा आफुलाई निकै खुशी लागेको उनले बताए । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: