युएइमा छवि सुधार्दै नेपाल एयरलाईन्स, यस्तो छ आग्रह 

मोहन बस्याल, युएई, माघ १ 

नेपाल एयरलाईन्सले आफ्नो छवि सुधार्दै नेपाल आवतजावत गर्ने यात्रुको विश्वास जित्न लागि परेको छ । विगतमा व्यवस्थापकीय कमजोरीका कारण अन्तराष्ट्रिय उडानबाट खुम्चीदै गएको नेपाल एयरलाईन्सले विगतमा भएका कमिकमजोरी सच्चाउँदै आफुलाई विश्वसनीय एयरलाईन्सका रुपमा स्थापित गराउन फेरी प्रयास थालेको हो । नेपालको राष्ट्रिय झण्डावाहक यो विमानसेवा प्रति नेपाली यात्रुले देखाएको मायाले हौसला उच्च भएको यसका अधिकारीले बताएका छन् । 

नेपाल पत्रकार महासंघ युएईको नव निर्वाचित कार्यसमितिको स्वागत तथा बधाईका लागि आयोजना गरेको कार्यक्रममा विमान सेवाले दिएका सेवा सुविधाबारे जानकारी दिदै नेपाली नागरिकबाट सहयोगको अपेक्षा गरिएको समेत उनीहरुले बताएका छन् । 

नेपाल एयरलाईन्सले १८ अगष्ट २०१६ देखि पुनः दुबईमा आफ्नो उडान शुरु गरेको छ ।  त्यसअघि झण्डै चारबर्ष दुबईमा नेपाल एयरलाईन्सले उडान भर्न सकेको थिएन । बिगतमा पटक पटक उडान ढिला हुने तथा उडान रद्ध हुने लगायतका समस्या देखिएपछि यात्रुहरुले बैकल्पिक विमानसेवाको सुविधा लिन थालेका थिए । विगतका समस्या नदोहोर्याउने र सेवालाई अन्र्तराष्ट्रिय मापदण्ड अनुसार प्रतिस्पर्धी बनाएर लैजान हामी खटिएका छौ नेपाल एयरलाईन्सका युएई कन्ट्रिम्यानेजर रमेश पौडेलले भने । 

अनलाईन बुकिङको सुविधाका लागि गहृकार्य हुँदै

नेपाल एयरलाईन्सले आफ्ना ग्राहकले घरबाटै टिकट बुकिङ तथा खरिद गर्न सक्ने सुविधाका लागि गृहकार्य भैरहेको जानकारी दिएको छ । त्यसका लागि आवश्यक पुर्बाधार निर्माणका लागि काम भइरहेको युएईका लागि कन्ट्रिम्यानेजर रमेश पौडेलले जानकारी दिए । युएईका लागि नेपाल एयरलाईन्सको साझेदार संस्था एण्टाका जनरल म्यानेजर कुमार जगादिशनले विश्वको विमान तथा ट्राभलसेवा अनलाईनमा गइसकेको सन्दर्भमा नेपाल वायुसेवा निगमले पनि त्यो सुविधा दिन सक्ने बताए । अहिले नेपाल वायुसेवा निगमका प्रयोगकर्ताहरु सबैमा डेविडकार्ड नहुन पनि सक्ने भएकाले सुविधा शुरु नभएको उनले बताए । भविष्यमा यो सम्भव भएको उनले प्रष्ट पारे ।

मानविय सेवामा पनि सकृय  

युएईका लागि कन्ट्रिम्यानेजर रमेश पौडेलले व्यवसायीकसंगै मानवीय सेवामा पनि आफुहरु अग्रसर रहेको जानकारी दिए । लामो समय उपचार सेवापछि नेपाल फर्किएका मोरङका मनबहादुर बिक लगायतको फिर्तीका लागि आफुहरुले सहयोग गरेको उनले जानकारी दिए । नेपाली नागरिकका शव नेपाल पुर्याउन तथा ह्विलचियरमा बस्न सक्ने बिरामीलाई नेपाल पठाउन पनि आफुहरुले सहयोग गर्ने उनले बताए । तर हाल युएईमा उडान भर्ने विमानमा स्टे«चरमा बस्ने बिरामीलाई लैजान नमिल्ने उनले स्पष्ट पारे ।  

पर्यटन प्रवद्र्धनका लागि पनि सकृयता बढ्दै  

नेपाल एयरलाईन्सको सेवा पुगेका मुलुकबाट नेपालमा पर्यटक भित्राउन पहल गर्ने निति अनुरुप युएईबाट पनि नेपाल पर्यटक भित्राउन साझेदार संस्थासंग सहकार्य भएको पौडेलले जानकारी दिए । एउटा पर्यटक नेपाल जाँदा दशवटा क्षेत्रले काम गर्ने मौका पाउने भएकाले बिदेशी नागरिकलाई नेपालको भ्रमणका लागि प्रोत्साहन गर्ने गरिएको उनले बताए । युएईको साझेदार संस्था एण्टाले नेपालका टुर अपरेटर्ससंगको सहकार्यमा बिदेशी पर्यटक नेपाल लैजान शुरु गरेको पनि उनले जानकारी दिए । 

प्रशस्त सम्भावना 

नेपाल एयरलाईन्सले प्रशस्त सम्भावना बोकेको एयरलाईन्सको साझेदार संस्था एण्टाका जनरल म्यानेजर कुमार जगादिशनले जानकारी दिए । नेपाल एयरलाईन्स नेपालको राष्ट्रिय विमान सेवा भएको र नेपालीमा राष्ट्रिभक्तिको भावना उच्च भएकाले नेपाल वायुसेवा निगमको भविष्य उज्जवल रहेको उनले बताए । उनले भनेः फ्लाई दुबई, एयर अरेविया लगायतका सेवाले दिनमै तीन चार वटा उडान सेवा दिई रहेकाले नेपाल वायुसेवा निगमले दैनिक उडान सेवा दिने कुरा ठुलो होइन । हाल युइर्एमा रहेका मध्ये दुई सय ५१ व्टा ट्राभल्स कम्पनीले नेपाल एयरलाईन्सको टिकट विक्री गर्न सक्ने एण्टाले जनाएको छ । अहिले सातामा चार दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको छ । नेपाल वायुसेवा निगमले दुबईबाट हरेक आईतबार, सोमबार, बुधबार र शुक्रबार बिहान साढे चार बजे र नेपालबाट शनिबार, आईतबार, मंगलबार र बिहिबार राति साढे ११ बजे उडान सेवा दिदै आएको छ । युएई सरकारको तथ्यांक अनुसार यहाँ दुई लाख नेपाली नागरिकले रोजगारी गर्दै आएका छन् । 

लगेज व्यवस्थापनमा चुनौति

नेपाल वायुसेवा निगमले दुबईबाट नेपाल जाने यात्रुलाई सहुलियत दरमा ४० किलोसम्मको लगेजको सुविधा दिदै आएको जनाएको छ । तर ४० किलोको सुविधा दिएपछि दुई भन्दा धेरै ब्यागको प्रयोग गर्दा व्यवस्थापन गर्न कठिनाई हुने गरेको पौडेलले बताए । एउटै यात्रुले धेरै ब्याग ल्याउँदा विमानले यात्रु बोक्न सक्ने क्षमता भन्दा कम यात्रुमात्र बोक्ने गरेको उनले जानकारी दिए । अहिले उडान गर्ने विमानको क्षमता १ सय ५८ जना यात्रु बोक्न सक्ने हो तर हामीले १ सय ३० भन्दा बढि टिकट बिक्री गर्दैनौ उनले भने । हामीले यात्रुले ल्याएको ब्याग विमानबाट फर्काउन पर्दा विमानस्थललाई प्रतिदिन दुई सय दिराम दिनु पर्छ । यात्रुले गन्तब्यमा पनि सहि समयमा पाउँदैन ।  यस्तो समस्या आउन नदिन तथा विमानको तौल सन्तुलन मिलाउन झण्डै ३० वटा सिट खाली राख्नु पर्ने बाध्यता भएको उनले सुनाए । त्यसैले ४० किलो लगेजमा दुईवटा मात्र ब्याग प्रयोग गरेर सहयोग गर्न उनले आग्रह गरे । उनले लगेज बाहेक सात किलोसम्म हाते झोलाको प्रयोग गर्न सकिने पनि जानकारी दिए । अहिले दिई रहेको चालिस किलोको सुविधा चाडपर्वका बेला भने घट्न सक्ने उनले संकेत गरे । यात्रुको चाहनालाई ध्यानमा राखेर छुटटै कार्गो सुविधापनि शुरु गरिएको पौडेलले जानकरी दिए । 

प्रवद्र्धन र खवरदारीका लागि सहकार्य

नेपाल पत्रकार महासंघ युएईले नेपाली झण्डा बाहक विमान सेवाको प्रवद्र्धन तथा यसका कमीकमजोरी सुधारका लागि आवश्यक खबरदारी गर्ने प्रतिवद्धता जनाएको छ । नव निर्बाचित कार्यसमितिलाई बधाई दिन एयरलाईन्सले आयोजना गरेको कार्यक्रममा नव निर्बाचित अध्यक्ष भूपराज बस्यालले यस्तो प्रतिवद्धता जनाएका हुन् । नेपाल एयरलाईन्सका सकारात्मक भन्दा नकारात्मक कुरा मिडियामा धेरै आएको भन्ने एयरलाईन्स पदाधिकारीको गुनासोको जवाफ दिदै बस्यालले नियमित रुपमा सकारात्मक र नयाँ जानकारी दिन एयरलाईन्स व्यवस्थापन आफुपनि सकृय हुनु पर्ने सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ युएईका उपाध्यक्ष लक्ष्मण सापकोटा, कार्यसमिति सदस्य मोहन बस्याल लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए । 

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7M95Yy0W3sw” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय