काठमाडौं, पुष २९
श्रम तथा रोजगार राज्यमन्त्री दिलीप गच्छदारले म्यानपावर व्यवसायीले घुस दिएका कारण कर्मचारीहरु घुस्याहा भएको बताएका छन् । राजधानीमा आयोजित वैदेशिक रोजगार व्यवसायी संघको २४ औं वार्षिक साधारणसभामा म्यानपावर व्यवसायीहरुले श्रम स्वीकृतिदेखि अन्य काममा पनि नक्कली कागजातलाई वैधानिक बनाउन कर्मचारीहरुलाई घुस दिएर लोभ्याउने गरेको आरोप उनले लगाए ।
‘व्यवसायीहरुले कागजात पुरा नगरी श्रम स्विकृत निकाल्ने गरेका छन् । त्यसका लागि कर्मचारीहरुलाई पैसाको प्रलोभनमा पार्ने गरेका छन्’, उनले भने, ‘व्यवसायीले घूस दिएपछि लिएका हुन । कर्मचारीले व्यवसायीको गोजीमा हात हालेर पैसा झिकेका होइन् ।’
यो अवस्थामा सुधार हुन व्यावसायीहरु पनि सुध्रनुपर्ने उनको भनाई थियो । मन्त्री गच्छदारले गलत कागजात बनाएर कर्मचारीहरुलाई काम नलगाउने हो भने भ्रष्टाचार आफै न्यून हुने जिकिर गरे ।
कुनै पनि कर्मचारीले घूस लिएको जानकारी गराए मन्त्रालय कारबाही गर्न तयार रहेको उनको दाबी थियो । ‘वैदेशिक रोजगार विभागले गरेको अनुगमनका विषयमा व्यवसायीहरुले यदाकदा विरोध गर्ने गरेको सुनेको छु’, उनले भने, ‘व्यावसायीहरु पनि दूधले नुहाएका छैनन् । त्यसकारण अनुगमन आवश्यक छ र यो गर्नैपर्छ । ’
आफू आउनु भन्दा पहिल श्रम मन्त्रालय समस्याग्रस्त र भ्रष्टाचारको अखडाको बनेको पनि गच्छदारले बताए । तर पछिल्लो समय मन्त्रालयमा हुने भ्रष्टाचार न्यून हुँदै गएको गच्छदारले दाबी गरे ।
राज्यमन्त्री गच्छदारले निःशुल्क भिषा र टिकट लागू कुरा व्यावसायीकै कारण सफल हुन नसकिरहेको पनि उल्लखे गरे । ‘व्यावसायीहरुले १० हजारको रसिद काटेर ८० हजार रुपैयाँ लिएर ठगी गरिरहेका छन्’, उनले भने, ‘यसलाई न्यूनीकरण गर्न सबै व्यवसायीहरुलाई आग्रह गर्दछु ।’
कारोवारबाट
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7M95Yy0W3sw” frameborder=”0″ allowfullscreen></iframe>{/source}