बैदेशिक रोजगारले देश चल्दैनः मन्त्री गुरुङ

काठमाडौं, पुष २९-

श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले बैदेशिक रोजगारले सधैै देश नचल्ने बताएका छन् । उनले विदेशबाट कमाएर पठाएको पैसाले देश बन्छ भन्ने पक्षमा पनि आफु नरहेको प्रष्ट पारे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २४ औं साधारण सभामा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

‘बिप्रेणले देश अब बढीमा १० देखि १५ वर्ष भन्दा चल्दैन’, उनले भने, ‘यसको विकल्प खोज्नैपर्छ । सधैँ वैदेशिक रोजगारीले देश चलाउने होइन, युवालाई स्वदेशमा रोजगारी सृजना गर्न सक्नुपर्छ ।’

फ्रिभिसा र फ्रिटिकटले पनि काम नगरेको उनको भनाई छ । त्यो व्यवस्था कार्यान्वयन हुन  नसकेको मन्त्री गुरुङको गुनासो थियो । ‘फ्रिभिसा र फ्रिटिकट व्यवहारिक रुपमा लागू भएको भए वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्नुपर्ने थियो’, उनले भने, ‘रेमिट्यान्स बढ्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।’

सभामा श्रम सचिव लक्ष्मण प्रसाद मैनालीले वैदेशिक रोजगार ऐन- २०६४ संशोधनको अन्तिम तयारीमा रहेको बताउँदै केही समयमै संसदमा टेबुल हुने बताए । ऐन संशोधनको तयारीमा रहेको जानकारी गराउँदै उनले व्यवसायीले जे भन्यो त्यही अनुसार संशोधन हुन नसक्ने बताए ।

यता वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगार व्यवसायी संघ राज्यको नियम कानून मान्दिनँ भन्दै हिँड्नेहरुलाई त्यस्तो नगर्न चेतावनी दिए । ‘नियम कानून सबैले मान्नु पर्छ । कुनै विषयमा कमी कमजोरी भएमा समाधान गर्न पहल गर्ने हो । सघंले व्यवसायीहरुलाई भड्काउने काम गर्ने हैन’, उनले भने, ‘यसले व्यवसायीहरुलाई गलत काम गर्न प्रश्रय दिन्छ । सरकारले लागू गरेको निर्णय कार्यान्वयन गर्दिनँ भन्नु गैर जिम्मेवारीपना हो ।’ उनले तत्कालीन श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङको पालमा निःशुल्क भिसा(टिकट योजना व्यावसायीहरुकै सहयोगमा सरकारले लागू गरेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष विमल ढकालले तत्कालीन सरकारले सुरु गराएको निःशुल्क भिसा र निःशुल्क टिकटले वैदेशिक रोजगारीको क्षेत्र अस्तव्यस्त भएको भन्दै कुनै हालतमा लागू हुन नसक्ने बताए ।

विभागले गरेको अनुगमन छापामार शैलीमा भएको भन्दै तत्काल अनुगमन रोक्न आग्रह गरे । ‘विभागले गरेका अनुगमन छापामार शैलीमा भइरहेको छ’, उनले भने, ‘व्यक्तिगत स्वार्थ पुरा भए कारबाही नगर्ने र स्वार्थ पुरा नभएको खण्डमा कारबाही गर्ने गरिएको छ ।’

अनुगमनको नाममा प्रहरीले आफ्नो क्षेत्राधिकार मिचेर छापामार शैली अनपनाएको भन्दै उनले तत्काल यसलाई रोक्न आग्रह गरे । संघका महासचिव रोहन गुरुङले विभागले लागू गर्न लागेको अनलाइन प्रणालीले यो क्षेत्रलाई व्यवस्थित बनाउने बताए । यो प्रणालीमा स्वास्थ्य र अभिमुखीकरणलाई पनि समावेश गर्नुपर्ने बताए ।

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7M95Yy0W3sw” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: