काठमाडौं, पुष २८- नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नामक संस्थाका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरिएको छ। कोसी इन्टरनेशनल प्रालिका सञ्चालक रहेका थपलियाले ‘आइएससी’ नामक संस्था खोली मलेसिया जाने कामदारमाथि थप आर्थिक भार पार्ने कार्यमा संलग्न भएकाले कारबाही गरिएको मञ्चका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिए।
आइएससीले गत भदौ ३० गतेदेखि महाराजगञ्जमा कार्यालय स्थापना गरी मलेसिया जाने कामदारको औँठा छाप लिएको नाममा प्रतिकामदार रु तीन हजार २०० थप असुलिरहेको छ। गत मङ्सिर ९ गते थपलियालाई स्पष्टीकरण सोधिएकोमा चित्त बुभ्mदो जवाफ नदेखिएकाले कारबाही गरिएको मञ्चले जनाएको छ। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आइएससीको कारबाहीका लागि एक महिनाअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ। रासस
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}