मलेसियामा कामदारले नै लेवी तिर्नुपर्ने, व्यवसायीसँग झुक्यो सरकार  

काठमाडौं, पुष २८- विदेशी कामदारले तिर्दै आएको मासिक लेबी रोजगारदाताले नै तिर्नुपर्ने गरी हालै मलेसिया सरकारले ल्याएको नयाँ ब्यवस्था तत्काल लागू नहुने भएको छ । मलेसियाली ब्यबसायीहरुको चर्को बिरोधपछि बुधबार बसेको मलेसियाको मन्त्रिपरिषद् वैठकले लेबी हटाउने निर्णय एक बर्ष पछि धकेल्ने निर्णय गरेको छ ।

बैठकपछि यातायातमन्त्री लियो तियोङले रोजगारदातालाई बिदेशी कामदार ल्याउन सहज बनाउने र मुलुकको आर्थिक बिकाशलाई गति दिने उदेश्यले नयाँ ब्यबस्था तत्कालै लागू नगर्ने निर्णय भएको जानकारी दिए ।

मलेसियाको सरकारी समाचार संस्था बर्नामाका अनुसार गत डिसेम्बर ३१ तारिखमा मलेसिया सरकारले इम्प्लोयर म्यान्डेटोरी कमिटमेन्ट शिर्षकको नयाँ ब्यबस्था लागू गर्दै जनवरी १ तारिखदेखि बिदेशी कामदारले तिर्दै आएको लेबी रोजगारदाताले नै तिर्नुपर्ने ब्यबस्था गरेको थियो ।

सरकारको अचानकको निर्णयको बिरोध गर्दै मलेसियास्थित ब्यबसायीले निर्णय सच्चाउन दबाब दिँदै आएका थिए । बिदेशी कामदारको लेबी रोजगारदातलो तिर्दा बिदेशी कामदार महंगो पर्ने र त्यसले मलेसियाली अर्थतन्त्रमा नकरात्मक असर पर्ने उनीहरुको दावी थियो ।

अन्ततः सरकारले ब्यबसायीको यही दावीलाई पत्याउँदै लेबी हटाउने निर्णय सन् २०१८ बाट मात्र लागू गर्ने बताएको छ ।सरकारले ल्याएको नयाँ नीतिमा लेबी रोजगारदाताले तिर्ने कुरामात्र नभई कामदारको न्यूनतम तलव ग्यारेन्टी गर्ने र कामदार बस्ने होस्टलको गुणस्तर सुधार्ने कुराहरु पनि थिए । इम्प्लोयर म्यान्डेटोरी कमिटमेन्ट तत्कालै लागू नगर्ने मलेसिया सरकारको घोषणा यी सुधारका काम पनि एक बर्ष पछि धकेलिएका छन् ।

अनलाइन खवरबाट 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: