‘कतारमा कार्यरत नेपालीको हित सुनिश्चित गर्न भ्रमण’ 

काठमाडौँ, पुष २७

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कतारमा कार्यरत करिब चार लाख नेपालीको हित सुनिश्चितता आफ्नो भ्रमणको पहिलो प्राथमिकता भएको बताएका छन् । आफ्ना कतारी समकक्षी शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अलथानीको निमन्त्रणामा कतार प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीमाझ उनले भने, ‘कतारमा कार्यरत नेपालीको हकहितको रक्षा तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा प्राप्तिका निम्ति विशेष जोड दिनेछु।’

नेपाल र कतारबीच पारस्परिक सहयोग अभिवृद्धिका साथै नेपालको आर्थिक विकासमा कतारी लगानी आकर्षित गर्ने विषयमा पनि छलफल गर्ने जानकारी दिँदै उहाँले आपसी सहयोगका क्षेत्रहरु पहिल्याउनेमा छलफल केन्द्रित रहने बताए ।

कतारका अमिर र श्रममन्त्रीसँगको भेटवार्तामा नेपालको राष्ट्रिय हित तथा श्रमिकका समस्या समाधानमा केन्द्रित रहेर छलफल गर्ने बताउँदै परराष्ट्रमन्त्रीले श्रम शोषण नहोस् र समयानूकुल तलब भत्ता वृद्धिबारे पनि कुरा राख्ने जानकारी दिए । रासस

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: