युएईबाट मालती र वीरेन्द्रलाई प्रहरीले नेपाल फर्कायो  

काठमाडौं, पुष २६ 

दुवईको एक फाइभस्टार होटलमा रोजगारीमा लगाईदिने भन्दै युएई पुर्याएर एजेण्टले अलपत्र पारेपछि एक नेपालीलाई दुतावाससँगको समन्वयमा नेपाल प्रहरीले उद्धार गरेको छ । महोत्तरीको साँढा गाविस ९ का वीरेन्द्र सहनीलाई एजेण्टले सो आश्वासनमा गत असोजमा युएई उडाएका थिए । तर युएई पुगेपछि उनले सम्झौता अनुसारको काम नपाएको, समयमा तलव नदिएकाmे दिनमा १४ घण्टासम्म काम लगाएको र विरामी परेर काम गर्र्न नसकेको भन्दै उनको उद्धारका लागि काका संजयकुमार झाले प्रहरीमा निवेदन दिएका थिए । 

उनको निवेदन पश्चात युएईस्थीत दुतावाससँगको समन्वयमा सहनीलाई उद्धार गरी सोमवार नेपाल ल्याइएको महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखा, काठमाडौंले जनाएको छ । 

यसैगरी युएईमा विरामी परेर नेपाल फर्किन खोज्दा रोजगारदाताले नेपाल फर्काउन नमेनेकी नवलपरासी, कावासोतीकी मालती ठकुरीलाई पनि प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । दुतावाससँगको सहकार्यमा २० बर्षिय ठकुरीको उद्धार भएको महाशाखाले जनाएको छ । उनलाई आर्थिक प्रलोभन देखाएर नवलपरासीकैै प्रेमकुमारी मल्लले बैदेशिक रोजगारीमा पठाएको प्रहरीको भनाई छ । ठकुरीको उद्धार पश्चात घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/E6vqi7x4IY8″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय