प्रल्हाद दाहाल, युएई
प्रवासी नेपाली एकता समाज (राप्रपा निकट), युएईले “पृथ्वी जयन्ती तथा एकता दिवसबारे सरकारको ध्यानाकर्षण गराएको छ । समाजका तर्फबाट नेपाली दूतावास यूएईका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनलाई ज्ञापनपत्र बुझाउँदै पृथ्वी जयन्ती मनाउन तथा पुष २७ गते सार्वजनिक विदा दिन पनि आग्रह गरिएको छ ।
समाजका अध्यक्ष शशी शिलवाल, महासचिव दिप्रशन प्रसाई तथा सल्लाहकारहरु बिकाश भारती, तोया(नाथ (नारायण) लम्साल लगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो । यसरी पृथ्वी जयन्ती तथा एकता दिवसका बारेमा ध्यानाकर्षण गराउँदै बिदेशी भूमिमा नेपाली राजदुतावासमा ज्ञापन पत्र बुझाउने सम्भवतः यो संस्था पहिलो हो ।
भेटमा कार्यवाहक राजदुत टण्डनसँग यूएईमा कार्यरत नेपाली श्रमिकका समस्या र दूतावासले श्रमिकको हितमा गरीरहेको कामका बारेमा पनि छलफल भएको थियो ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}