साउदीको हिरासतबाट छुटेर खतिवडा नेपाल आइपुगे 

काठमाडौं, पुष २५– साउदी अरवमा नक्कली नोट चलाएको अभियोगमा समातिएका विनोद खतिवडा छुटेर नेपाल आइपुगेका छन् । उनको रिहाईका लागि नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले पहल गरेको थियो । नेपाल आइपुगेपछि उनले पुतलीसडकस्थीत जिफन्टको मुख्य कार्यालयमा आएर आफ्नो रिहाईका लागि पहल गरेकोमा जिफन्टलाई धन्यवाद दिएको जिफन्ट माईग्रेण्ट डेस्क ईन्चार्ज निशा बानियाँले जानकारी दिइन्  ।  

साउदी अरवको रियादस्थीत एक कम्पनीमा काम गर्न पुगेका खतिवडा खाममा हालेर कम्पनीले दिएको तलव घर पठाउने क्रममा गत नोभेम्वर १६ मा पक्राउ परेका थिए । उनी चार महिना अगाडी साउदी अरवको मराह एचआर कम्पनीमा रोजगारीका लागि पुगेका थिए । उनलाई नक्कली नोट चलाएको भन्दै झण्डै एक हप्ता थुनामा राखिएको थियो । उनी थुनामा परेको खवर पाएपछि साउदीस्थीत जिफन्ट प्रतिनिधि राज तामाङ लगायतले उनको रिहाईका लागि दुतावाससँग समन्वय गरेका थिए । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय