कतार, पुष २२– नेपाल प्रवासी तामाङ समाज, कतारले आगामी जनावरी २७ तारिख अर्थात माघ १५ गते अलदाना रिसोर्ट कतारमा २८ सय ५३ औं सोनाम ल्होछार ज्य ल्हो बिबिध सांस्कृतिक कार्यक्रमहरु सहित मनाउने भएको छ ।
कार्यक्रममा तामाङ सेलो गायिका इन्दीरा गोले, फापरे सेलो गायक प्रेम लोप्चन, गायक तथा संगीतकार टीका बोम्जन, चर्चीत तामाङ नायिका सुकु मोक्तान, म्हेन्दोमाया गायीका शान्ती मम्बा रोशन फ्युवा तामाङ लगायत कतारमा रहेका नेपाली कलाकारहरुको समेत प्रस्तुती रहने नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष एवं कार्यक्रम संयोजक तीर्थ थिङ तामाङले जानकारी दिए ।
हाम्रो कला र संस्कृतीलाई जुन सुकै देशमा पुगेपनि भुल्नु हुदैन भन्ने मान्यताका साथ हामीले यो कार्यक्रम गर्न लागेका हौं तामाङले भने यो भन्दा अगाडी पनि हामीले बुद्ध जयन्ती लगायत तामाङ समुदायले मनाउने चाडवाड मनाउदै आएका छौं । ल्होछारलाई यो पटक भव्यरुपमा मनाउने र तामाङहरुको संस्कृति झल्कने खालको झाँकीहरु समेत प्रस्तुत गरिने जानकारी दिए ।
२००५ मा कतारमा स्थापना भएको समाजले स्थापनाकालदेखि नै पिछडीएका तामाङको शैक्षिक, आर्थीक, सामाजीक उन्नती, कला र संस्कृतिको लागि कतारवाट सहयोग गर्दै आएको छ ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>{/source}