काठमाडौं, पुष २०
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ९३ पैसा र विक्रि दर ३० रुपैंयाँ ९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ६७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ८३ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया ५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २१ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ २६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३९ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २४ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५५ रुपैंया ७० पैसा छ भनें विक्रि दर ३५७ रुपैंयाँ ६६ पैसा छ । बहराइन दिनारको खरिददर २८९ रुपैंयाँ छ भनें विक्रि दर २९० रुपैंयाँ ५९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>{/source}