कुवेतमा एक बर्षमा २५ नेपाली कामदारको मृत्‍यु  

हरी कृष्ण न्यौपाने, पुष १९ 

कुवेतलाई रोजगारीका लागि गन्तब्य बनाउने नेपालीको संख्या बढेंसँगै बिभिन्न कारणले मृत्‍यु हुने र आत्महत्या गर्नेहरुको संख्या पनि बढ्दै गएको छ। सन २०१६ मा मात्र कुवेतमा १८ पुरुष र ७ महिला गरी २५ जनाले ज्यान गुमाएका छन। 

नेपाली दुताबास कुवेतका श्रम सहचारी मनोज कुमार सिंहका अनुसार सन् २०१६ को एक बर्षमा हृदयघात, मस्तिष्क पक्षघात, सुतेको सुत्यै हुने, प्राकृतिक मृत्‍यु वा बिभिन्न रोगका कारण ९ जना, सडक दुर्घटनामा ५ जना र आत्महत्यामा ४ जना गरी १८ जना पुरुष कामदारहरुले ज्यान गुमाएका हुन।

त्यसैगरी हृदयघात, मस्तिष्क पक्षघात वा बिभिन्न रोगका कारण ३ जना, सडक दुर्घटनामा १ जना, आत्महत्यामा २ जना तथा सुत्केरी हुने समयमा (गर्भिणी) १ जना गरी ७ जना महिला कामदारहरुले ज्यान गुमाएका छन। 

यसैबिच सन् २०१७ को पहिलो दिन जनावरी १ तारिक कुवेतको अल यासरा फुड कम्पनीमा कार्यरत मोरङ घर भएका करिब २६ बर्षिय जीवन भट्टरार्इलार्इ सोही कम्पनीमा कार्यरत रसुवा घर भएका राजेश ग्यावाले चक्कु प्रहार गरि हत्या गरेको घटनाका बारेमा कम्पनी लगाएत कुवेत प्रहरीले दुताबासलाई जानकारी गराएको सहचारी सिंहले बताए। उनका अनुसार हत्याको अभियोग लागेका राजेश ग्यावालाई प्रहरीले हिजै पक्रिएर कानुनी प्रकृया तथा अनुसन्धान थालिसकेको छ भने मृतकको शव नेपाल पठाउने प्रकृया पनि शुरु गरि सकिएको छ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय