अनिश तामाङ, युएई, पुष १९-
नेपाल पत्रकार महासंघ युएई शाखाको अध्यक्षमा भूपराज बस्याल सर्वसम्मत रुपमा चुनिएका छन । गत ३० डिसेम्बर, २०१६ का दिन दुबईमा भएको महासंघको पाँचौ अधिबेशनले बस्याललाई अध्यक्षमा चयन गरेको हो । अधिबेशनले उनी सहित ९ जनाको कार्यसमितिको सर्बसम्मत रुपमा चयन गरेको छ ।
बिगत १५ बर्ष देखि पत्रकारितामा संलग्न बस्याल हाल कारोबार दैनिकमा आबद्द छन । उनी आफुलाई स्वतन्त्र पत्रकारको रुपमा चिनाउन चाहन्छन । उनी भन्छनः मेरो पनि कुनै राजनीतिक आस्था होला, राजनीतिक आस्था हुनु नराम्रो होइन । तर पत्रकारितामा राजनीति गरिनु हुन्न भन्ने मेरो मान्यता हो । तर बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भए लगत्तै नेपाली काङ्रेस निकटको नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष चित्र केसीले पहिलो पटक प्रेस युनियन निकट ब्यक्ति नेपाल पत्रकार महासंघ, युएईको अध्यक्ष भएकोमा सामाजिक सञ्जालमा बधाई दिए । युनियन नेपाली काँग्रेस आवद्ध संगठन हो । केसीले उनी प्रेस युनियन निकट रहेको बताएपनि बस्याल भने आफु त्यसमा अनभिज्ञ रहेको बताउँछन ।
महासंघको उपध्यक्षमा लक्ष्मण खनाल र सचिवमा मेघराज सापकोटा चयन भएका छन् । उनीहरु दुबैजना प्रेस सेन्टर निकट मानिन्छन । उपाध्यक्ष खनालले आफुले पत्रकारितामा राजनीति नगरेको बताउँछन । प्रबासको पत्रकारिता राजनीति भन्दा समाजसेवा उन्मुख हुन आवश्यक छु, उनी भन्छन । खनाल रातोपाटी अनलाईनमा समाचार सम्प्रेषण गर्दछन ।
सचिव सापकोटा युएईको पत्रकारितामा निकै चलेको नाम हो । देशपरदेशमा प्रकाशित हुने उनको रेगिस्तान एक्स्प्रेस निकै चर्चित छ । उनले बिशेष गरी कामदारका विषयहरुलाई उजागर गर्ने गरेको पाईन्छ । उनी युएईमा प्रेस सेन्टर निकट भनेर चिनिए पनि राजनीतिक गतिबिधिमा उनको संलग्नता देखिन्न । उनको लेखाइ निकै खरो र यथार्थ हुने गरेको छ । दुताबास भित्रको बिकृती होस् कि मानव तस्करका बिषयमा होस् उनी निडर भएर कलम चलाऊने हक्की स्वभावका युएईका गनिने पत्रकार मध्येमा पर्दछन । उनी भन्छनः ‘बिकृति, बिसंगती, दलाली, भष्टाचारी र कामदारको समस्यामा पार्टी हेरेर समाचार लेखिन्न । कसैले आफ्नो देख्लान कसैले अर्को पार्टीको तर कलममा राजनिती गरिन्न ।’
त्यसैगरी सहसचिवमा निर्भिक नारायण भुर्तेल निर्बाचित भए भने कोषाध्यक्षमा दिनेश आचार्य । निर्भिक नारायण हाल कुनै राजनीतिक दल आवद्ध देखिन्नन् । जानकारहरुको भनाइ अनुसार उनी पहिले तत्कालिन नेकपा माओवादीको सशस्त्र विद्रोहमा सामेल भए पनि हाल राजनितीबाट टाढा रहेका छन । हाल उनी नागरिक दैनिकमा आबद्द छन ।
त्यसैगरी कोषाध्यक्ष दिनेश आचार्य हाल नयाँ शक्ती निकट मानिन्छन । उनी पहिले माओवादी निकट रहे पनि हाल नयाँ शक्तीमा निकट छन । उनी पनि खरो स्वभावका ब्यक्ति रहेको उनलाई चिन्नेहरु बताउँछन । विगत २ बर्ष देखी उनी दाङ देउखुरी समाजको महासचिव रहेका थिए । उनी ईक्यानाडा, द नेपाली भ्वाइस लगायत बिभिन्न अनलाइनहरुमा आबद्द छन ।
सदस्यहरुमा मोहन बस्याल र दामोदर दाहाल चयन भएका छन् । उनीहरु दुबैजना प्रेस चौतारी निकट मानिन्छन । चौतारी नेकपा एमाले आवद्ध संगठन हो । बस्याल एक अनुभबी पत्रकार हुन । नेपालमा लामो समयसम्म सक्रिय पत्रकारिता गरेका अनुभवी बस्याल बिगत झण्डै २ बर्ष देखी युएईमा रोजगारीका क्रममा छन् । उनी पनि देशपरदेशमा नियमित रुपमा स्तम्भ लेख्ने गर्दछन् । दामोदर दाहाल न्यूज हिमालयमा आबद्द छन ।
अर्का सदस्य खिमलाल पाण्डे युएईबाट प्रकाशित हुने जयल न्यूज डट कममा आबद्द छन । उनी जनमोर्चा निकट प्रगतिशिल पत्रकार संघमा आबद्द रहेको जनाइन्छ । अर्का सदस्य निमाकान्त पाण्डे प्रेस सेन्टर निकट मानिन्छन । उनी आफैंले मजदुर अनलाईन चलाउँछन् । पाण्डे निकै पुराना र पाका पत्रकारको रुपमा युएईमा चिनिन्छन ।
अधिबेशनले २ जनालाई केन्द्रिय प्रतिनिधिमा समेत छनौट गरेको छ । केन्द्रिय प्रतिनिधि हरी नेपाली प्रेस सेन्टर निकट र बिनोद श्रेष्ठ नयाँ शक्ती निकट हुन । नेपाली माओवादी केन्द्र, अधिबेशन आयोजक समितिका केन्द्रिय सदस्य समेत हुन ।
(तामाङ, प्रेस सेन्टर नेपाल, युएईका अध्यक्ष हुन्)
छोरो हरायो परदेशमा, आमा रुन्छिन् घरमा
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>{/source}