कोरियामा बढ्यो पारिश्रमिक 

दक्षिण कोरिया, पुष १८

दक्षिण कोरियामा कामदारको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । कोरियाली संसद्ले गत अगस्टमा स्वीकृत गरेको सन् २०१७ का लागि प्रतिघण्टा न्यूनतम ज्याला ६ हजार ४ सय ७० वन आज (जनवरी १) देखि लागू हुन लागेको हो । कोरियाली रोजगार तथा श्रम मन्त्रालयले यहाँका उद्योग, कलकारखाना तथा फर्म सञ्चालकरूलाई बढेको ज्याला लागू गर्न अनुरोध गरेको छ । 

यो न्यूनतम पारिश्रमिक गत जुलाई १६ मा बसेको ज्याला निर्धारण समितिले बढाएको हो । न्यूनतम पारिश्रमिक वृद्धि भएसँगै इपीएसमार्फत् कार्यरत आप्रवासी र तल्लो स्तरमा कार्यरत कोरियाली मूलवासी कामदारहरू लाभान्वित हुनेछन् । यस्ता कामदारको संख्या करिब ३० लाख ५० हजार छ । हाल इपीएसअन्तर्गत नेपालसहित १६ मुलुकका कामदार त्यहाँ कार्यरत छन् । नयाँ पारिश्रमिकअनुसार यस वर्ष प्रतिघण्टा न्यूनतम पारिश्रमिक ६ हजार ४७० वन पुगेको छ, जुन गत वर्ष प्रतिघण्टा ६ हजार ३० वन ९५.३१ अमेरिकी डलर थियो । 

हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) काम गर्ने कामदारले यस वर्षको न्यूनतम मासिक १२ लाख ६० हजार २७० मा ९९१ हजार ९ सय ९९ वन बढेर० १३ लाख ५२ हजार २३० वन पाउनेछन् । यसअनुसार न्यूनतम पारिश्रमिक नेपाली रुपैयाँ १ लाख २१ हजार ७१४ पुग्नेछ ।

त्यस्तै, हप्तामा ४४ घण्टा काम गर्ने कामदारले यस वर्षको १४ लाख ६३ हजार ६८२ (नेपाली रुपैयाँ १ लाख ३१ हजार ७४५) पाउनेछन् । हाल नेपाली ९ रुपैयाँबराबर कोरियन १ सय वनको विनिमय कायम छ ।

अघिल्लो वर्ष पनि कोरियाली कामदारको पारिश्रमिक ८.१ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपाली उत्साहित भएका छन् । ज्याला निर्धारण समितिको यसअगाडि १३ औं पटकसम्म बसेको बैठकले निर्णय लिन नसकेपछि १४ औं पटकको बैठकले मतदानबाट नयाँ ज्याला निर्धारण गरेको थियो । समितिमा सरकारका ९, मजदुर संगठनका ९ र उद्योग सञ्चालकका ९ गरी २७ प्रतिनिधि हुने व्यवस्था छ ।  

“देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धि लगायतका विभिन्न सूचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गरिएको हो,” ज्याला निर्धारण समितिले भनेको छ, “हरेक वर्ष ज्याला वृद्धि गर्ने सरकारको उद्देश्यअनुसार नयाँ ज्याला तय गरिएको हो ।” 

एसियाका १६ देशका युवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलब वृद्धिले नेपाली श्रमिक लाभान्वित भइरहेका छन् । यद्यपि, कतिपय साना तथा घरेलु उद्योगमा कार्यरत आप्रवासी कामदारले भने न्यूनतम ज्याला पनि नपाउने गरेको गुनासो गरेका छन् । 

कृषि तथा पशुपालन भिसावाहकका लागि लागि कामदार र सञ्चालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ ।

कारोवारबाट

आमा रुन्छिन् घरमा, छोरो हरायो परदेशमा भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: