नेपालीद्धारा नेपाली सहकर्मीको हत्या 

राज मल्ल, कुवेत, पुष १७

कुवेतको सुभानमा एक नेपालीको चक्कु प्रहार गरि हत्या भएको छ । अल यासरा फुड कम्पनीमा कार्यरत मोरङ घर भएका करिब २६ बर्षिय जीवन भट्टरार्इलार्इ सोही कम्पनीमा कार्यरत रसुवा घर भएका राजेश ग्यावाले चक्कु प्रहार गरि हत्या गरेका हुन् । सगै बस्ने दुर्इजना साथीहरु डिउटीमा रहेको समयमा राजेशले आफ्नै रुम पाटनरको हत्या गरेका हुन।

करिब ८ महिना अगाडी रोजगारीको लागि कुवेत आएका उनीहरु एउटै कोठामा बस्दै आएका थिए। मृतक जीवन मिल्स स्टोरमा कार्यरत थिए भने राजेश ड्राइभरको काम गर्दथे । राजेशले करिव १ महिना पहिला देखि आफुलार्इ मानसिक समस्या रहेको बताउँदै गत डिसेम्बर २२ तारिक देखि कम्पनीमा राजिनामा दिएर कोठामै बसेको बताइएको छ । 

हत्यापछी घटनास्थल पुगेको कुवेत प्रहरीले हत्याराको अभियोगमा राजेश ग्यावा सहित सोही कोठामा बस्ने लाल बहादुर बोहोरा र राम बाबु दमाइलार्इ हिरासतमा लिएर कानुनी कार्वाही अगाडी बढाएको छ भने जीवनको लाश पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ । घटना बारे नेपाली राजदूतावास कुवेतमा बुझ्दा आफुहरुलार्इ कुनै जानकारी नभएको राजदूत यज्ञ बहादुर हमालले जानकारी दिएका छन ।

तीतोपाटीबाट साभार 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय