विदेशबाट फर्केर गाई पालेपछि …..

पाल्पा, पुष १७ 

घरायसी खर्च जुटाउन आर्थिक अभावमा तानसेन नगरपालिका–११ की पम्फा पाण्डे विदेश पुगे । खाडीमा पसिना बगाएर गएको ऋण तिर्न, एकसरो कपडा लगाउन र दुई छाक खान मुस्किल परेपछि उनी स्वदेश फर्किए । बालबच्चाको लालनपालन, उनीहरुको उज्यालो भविष्य बोकेर बिदेसिएका पाण्डेको सपना सबै खाडीको मरुभूमिमा विलिन भएपछि स्वदेश फर्किएर गाई फार्म सञ्चालन गर्न थालेका छन् । चार वर्षअघि सहकारीबाट रु १० लाख ऋण झिकेर गाई फार्ममा लगानी गरे । दुईवटा गाईबाट सुरु गरेको व्यवसायमा अहिले रु २५ लाखको लगानी पु¥याएका छन् । 

गाईबाट आयस्रोत बढ्दै गएपछि दिगो रुपमा व्यवसाय चलाउने सोच राखेर पक्की फार्म निर्माण र उन्नत गाई खरिदमा खर्च गरेका छन् । उनको फार्ममा अहिले आठवटा गाई र दुईवटा भैँसी रहेका छन् ।उनी भन्छन् “सामान्य घरखर्च चलाउन पनि निकै कष्ट भएपछि चारजना बालबच्चा घरमा छोडेर विदेश गएँ”, “विदेशको तातो हावामा राम्रो कमाइ गर्न पनि सकिएन, मनमा भारी पिर बोकेर घर फर्किएँ ।” गाई पालेर दूध बिक्रीबाट आम्दानी होला कि भनेर व्यवसाय चलाएको अहिले नसोचेको आम्दानी भइरहेको उनले बताए । 

“लगानी राम्रो गरियो भने उत्पादन पनि बढ्ने रहेछ, दिनमा सरदरमा ७० लिटरसम्म दूध उत्पादन हुने गर्छ” – पाण्डेले भने । उनले मासिक रु ४० देखि ५० हजारसम्म आम्दानी गर्छन् । पशुलाई आहारमा राम्रोसँग हेरचाह गरियो भने थोरै गाईबाट पनि मनग्य आम्दानी लिन सकिने अनुभव उनले सुनाए । रासस

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय