मलेसियामा कामदारबाट लेवी काट्न नपाइने सरकारी घोषणा  

क्वालालम्पुर, पुष १६

मलेसियामा कामदारसँग उठाईंदै आएको लेवी जनवरी महिनादेखि रोजगारदाताले तिर्नुपर्ने सरकारले घोषणा गरेको छ । मलेसियाका उपप्रधानमन्त्री अहमद जाहीद हमिदीका अनुसार यो निर्णय जनवरी १ देखि नै लागु हुनेछ । 

उपप्रधानमन्त्री हमिदीका अनुसार रोजगारदाताले लेवी वापत कुनै शुल्क कामदारको तलवबाट काट्न पाउने छैनन् । उनले कामदार ल्याए वापतको लेवी तिर्नुपर्ने दायित्व रोजगारदाताको भएको भन्दै कामदारको तलवबाट त्यो कट्टा गर्न नमिल्ने बताएका छन् । 

मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माका अनुसार कुनै मुलुकबाट कामदार आएर नफर्किएसम्म उसको दायित्व कम्पनीको हुने मलेसिया सरकारले बताएको छ । परिवर्तित नियमले रोजगारदातालाई आफ्ना कामदारप्रति बढि दायित्वपूर्ण बनाउने भन्दै यसले कामदार काम छोडेर भाग्ने, अवैधानिक रुपमा काम परिवर्तन गर्ने तथा बढी समय बस्ने समस्या हल हुने अपेक्षा गरिएको छ । 

जाहिदले कम्पनीहरुले न्यूनतम गुणस्तर सहितको आवास व्यवस्था कामदारका लागि गर्नुपर्ने पनि जनाएका छन् । यसैगरी विदेशी कामदार ल्याउँदा सरकारलाई बुझाउनु पर्ने धरौटीमा पनि बृद्धि हुन गइरहेको समेत उनले बताएका छन् । हाल लिईंदै आएको धरौटी निक्कै कम भएको मलेसियाको सञ्चार संस्था मलेसिया किनीले जनाएको छ । 

 {source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय