रोजगारदाता फेर्न पाइने सुविधाको समय सकिनै लागेको हल्ला चलेपछि …..

दोहा, पुष १६ 

कतारको श्रम मन्त्रालय अघिल्तिर यो हप्ता एक दिन विहानै अकस्मात ठूलो लाइन लाग्यो । त्यसरी मान्छेहरु किन विहानै लाइन लाग्न पुगे सवै अचम्मित भए । तर जव रहस्य खुल्यो, सवै हाँस्न थाले । 

त्यसरी विहानै लाइन बस्न आउनेहरुले सामाजिक सञ्जालबाट एउटा कुरा सुनेः कतारमा नयाँ कानून अनुसार रोजगारदाता फेर्न पाइने केपल १० दिन बाँकी छ । सामाजिक सञ्जालबाट यो यति छिटो भइरल भयो की मान्छेको लाम मन्त्रालय अघिल्तिर भोलीपल्ट झिसमिसेमै निक्कै ठूलो भयो ।   

श्रोतलार्ई उधृत गर्दै दोहा न्यूज लेख्छः त्यसरी लाइन लाग्नेहरु विहान ५ बजेदेखि नै त्यहाँ जम्मा भएका थिए । उनीहरु मन्त्रालयको ढोका खुल्ने प्रतिक्षा गरेर बसिरहेका थिए । तर जव त्यहाँ यसरी अकस्मात भिड जम्मा भएको सरकारी अधिकारीहरुले थाहा पाए, उनीहरुले त्यसको कारण बुझे र नयाँ कानून अनुसार त्यस्तो कुनैै नियम नलगाइएको प्रष्ट पारे । 

तर पनि सामाजिक सञ्जाल मार्फत हल्ला चल्न नछोडेपछि श्रम मन्त्रालयले ट्वीटर मार्फत त्यस्तो कुनै व्यवस्था नरहेको पुनः प्रष्ट पारेको छ । 

नयाँ कानूनले कतारमा रोजगारदाता फेर्न पहिले भन्दा केहि सहज भएपनि त्यसका लागि आवश्यक पर्ने नो अव्जेक्सन सर्टिफिकेट(एनओसी) हटेको छैन । नयाँ कानून अनुसार सुरुमा करार गरेर आएको समयावधि सकिएपछि मात्र अर्को रोजगारदाता चुन्न एनओसी नचाहिने व्यवस्था छ । कुनै समयावधि नतोकिइ गरेको करारमा ५ बर्ष त्यस्तो सेवा पुरा भएपछि मात्र कतारमा नै बसेर अर्को रोजगारदाता खोज्न पाइन्छ । 

कतारको नयाँ कानूनका बारेमा केहि समय अगाडी बनाइएको जानकारीमूलक भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय