
युएई,पुष १५
नेपाल पत्रकार महासंघ, युएई शाखाको ५ औं अधिवेशनले भूपराज बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण खनाल तथा सचिवमा मेघराज सापकोटा चयन भएका छन् । सापकोटाले देशपरदेशमा युएईबाट रेगिस्तान एक्प्रेस स्तम्भ लेख्दै आएका छन् ।
यसैगरी सहसचिवमा निर्भिक नारायण भूर्तेल तथा कोषाध्यक्षमा दिनेश आचार्य चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा मोहन बस्याल, दामोदर दाहाल, खिमलाल पाण्डे तथा निमाकान्त पाण्डे छानिएका छन् । नेपालमा लामो समय सक्रिय पत्रकारिता गरेका सदस्यमा निर्वाचित बस्याल देशपरदेशमा नियमित रुपमा स्तम्भ लेख्ने गर्दछन् । केन्द्रीय प्रतिनिधिमा विनोद श्रेष्ठ तथा हरी नेपालीलाई अधिवेशनले चयन गरेको छ ।