कतारी रियालको भाउ ३० टेक्यो, रिंगिट, दिरहम र दिनारको कति ?      

     

काठमाडौं, पुष १५  

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ८५ पैसा र विक्रि दर ३० रुपैंयाँ १ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७५ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ९७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७५ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ २३ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३७ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २४ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ९२ पैसा छ भनें विक्रि दर ३५६ रुपैंयाँ ८८ पैसा छ । बहराइन दिनारको खरिददर २८८ रुपैंयाँ २७ पैसा छ भनें विक्रि दर २८९ रुपैंयाँ ८६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय