रेमिट्यान्सको सदुपयोग बारे जनचेतना जगाउँदै दुतावास

 

युएइ, पुष १२

युएई स्थीत नेपाली दुतावासले रेमिट्यान्सको सदुपयोग कसरी गर्ने भन्ने बारेमा युएईमा कार्यरत नेपालीलाई सचेत बनाउने उद्धेश्यले अभियानका रुपमा कार्यक्रम थालेको छ । पहिलो कार्यक्रम जनवरी २० तारिखमा रसअल खैमहमा तय गरिएको कार्यक्रमका संयोजक समेत रहेकी नेपाली दुतावास, युएईकी द्वितिय सचिव विष्णु अधिकारीले जानकारी दिइन् । कार्यक्रम रसअल खैमहसँगै अन्य तीन ठाउँमा पनि आयोजना गर्ने दुतावासको योजना छ । 

अभियानका दौरान आफूले बैदेशिक रोजगारका क्रममा कमाएको रकमलाई फजुल खर्चमा नलगाई कसरी उत्पादक क्षेत्रमा लगानी गर्ने भनेर जानकारी गराइने छ । अभियानका क्रममा  हुण्डी कारोवारले नेपाली अर्थतन्त्रमा पारिरहेको नकारात्मक असरका बारेमा सचेत बनाउँदै आम नेपालीलाई बैधानिक प्रकृयाबाट मात्र स्वदेशमा रकम पठाउन प्रेरित गरिने पनि कार्यक्रमकी संयोजक अधिकारीले जानकारी दिइन् । 

यो पनि पढ्नुहोस् 

एक नेपाली फुटवल स्टार, जो कमाउन कतार आईपुगे 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय