एक नेपाली फुटवल स्टार, जो कमाउन कतार आईपुगे 

 

दोहा, पुष १२-

नेपालमा खेलाडी भएर टिकिरहन कठिन छ । जीवन चलाउन खेलाडी भएर कमाएको रकमले पुग्न मुस्किल । त्यसैले बैदेशिक रोजगारी त्यसको विकल्प हो । शिव श्रेष्ठ, नेपालको राष्ट्रिय फुटवल टीमका सदस्य जसले थुप्रै अन्तराष्ट्रिय प्रतियोगिता खेले हाल कमाउन कतार पुगेका छन् । हाल उनी कतारको एक प्रतिष्ठित कम्पनीमा काम गर्न आइपुगेका छन् । 

२४ बर्षिय शिवले मनाङ मस्र्याङदी क्लवको जर्सी लगाएर मिडफिल्डरका रुपमा धेरै राष्ट्रिय प्रतियोगिता खेले । मनाङ त्यस्तो घरेलु क्लव हो जसले धेरै प्रतियोगिता जितेको छ । सो क्लवको महत्वपूर्ण सदस्यका रुपमा शिवले धेरै खेल खेले । 

एन्फाको उत्पादन शिवले अण्डर १३, अण्डर १४, अण्डर २३ लगायतका विविध प्रतियोगितामा नेपालको तर्फबाट खेलेका छन् । उनले बंगलादेश, पाकिस्तान, ईरान, भुटान, जोर्डन, ईष्ट टिमोर, ईण्डोनेसिया, फिलिपिन्स, श्रीलंका, तुर्केमिनिस्तान तथा मंगोलिया विरुद्ध नेपालको तर्फबाट खेलेका छन् ।     

तर उत्कृष्ट खेलले मात्र नेपालमा पुग्दैन । त्यसैले आफ्ना पुराना साथि अमिर श्रेष्ठको आग्रहमा शिव दोहाको एक कम्पनीमा रोजगारीका लागि आइपुगेका छन् । हुन त यसरी कतार आएकोमा उनका परिवार, साथि र शुभचिन्तक आश्चर्यचकित भएका छन् । तर शिव आफूले सही निर्णय गरेको बताउँछन् ।   

५ बर्षे सम्झौतामा कतार आएका उनी कतारमा पनि शौख पुरा गर्न र स्वस्थ रहन फुटवल खेलिरहने बताउँछन् । कतार आएपछि शिवले तीनवटा कम्युनिटी खेलहरुमा सहभागिता जनाइसकेका छन् जसका लागि उनी नेपाली फुटवल टीम, कतारका अध्यक्ष सञ्जिव रानाभाटलार्ई धन्यवाद दिन चाहन्छन् । 

यो समाचार गल्फ टाइम्समा उषा वाग्ले गौतमले लेखेकी हुन् 

युएईमा नेफ्टा अवार्ड, तस्वीर समेटिएको भिडियो हेर्नुहोस् 

 {source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: