दक्षिण कोरियाले ५६ हजार कामदार भित्रियाउने 

दक्षिण कोरिया- दक्षिण कोरियाले सन् २०१७ का लागि ५६ हजार आप्रवासी कामदार भित्र्याउने भएको छ । आप्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणालीअन्तर्गतको समितिले १६ मुुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो । जसमा नयाँ र पुनः प्रवेश गर्ने दुवै कामदार छन् । तीमध्ये २ हजार कामदार कम्पनीले मागे मात्रै आपूर्ति गरिनेछ । 

४१ हजार ६ सय ६८ जना अवधि सकिएर फिर्ता हुनेहरूको ठाउँमा पूर्ति गरिनेछ । समितिले १० हजार अवैधानिक कामदार फिर्ता हुने अनुमान गरेको छ । यस्तै ४ हजार ३ सय ३० जना नयाँ कामदार माग गरिने भएको छ ।कोटाबाट उत्पादन क्षेत्रका लागि ४२ हजार ३ सय कामदार छुट्याइएको छ भने कृषि तथा पशुपालन क्षेत्रका लागि ६ हजार ६ सय कामदार माग गरिने भएको छ । यसैगरी मत्स्यपालनमा २ हजार ६ सय, निर्माणमा २ हजार ४ सय र सेवा क्षेत्रमा १ सय कामदार भित्र्याउने समितिले निर्णय गरेको छ । नवप्रवेशी कामदार ४३ हजार हुनेछन् भने १३ हजार सीबीटीमार्फत आपूर्ति गरिनेछ ।

कोटा चार चरणमा पूर्ति गरिने समितिले जनाएको छ । जनवरी, अप्रिल, जुलाई र अक्टुबरमा संख्या छुट्याएर माग गरिने छ । कोटा निर्धारण समितिका अनुसार २०१७ का सुरुका तीन महिनाका लागि १० हजार ५ सय ३० कामदारले कोरिया प्रवेश पाउनेछन् । 

अप्रिल, मे र जुनका लागि १० हजार ३ सय २० कामदारलाई कोरिया ल्याइनेछ भने जुलाई, अगष्ट र सेप्टेम्बरमा सबैभन्दा बढी १० हजार ५ सय ५० मजदुर कोरिया भित्र्याउने निर्णय समितिले गरेको छ । वर्षको अन्तिम तीन महिनामा ९ हजार ६ सय कामदार कोरिया आउनेछन् । नेपाली कामदार उत्पादन र कृषि तथा पशुपालनमा मात्र आउन पाउने छन् ।

कोरियामा ७ सय ७३ नेपाली अवैधानिक रूपमा छन् । समितिले ईपीएसअन्तर्गत आएर बिना भिसा काम गरिरहेका मजदुरका साथै अन्य माध्यमबाट आएर काम गरिरहेको प्रवासी मजदुरको संख्या पनि सार्वजनिक गरेको छ । ईपीएसअन्र्तगत आएर बिना भिसा काम गर्ने प्रवासी मजदुरको संख्या ३८ हजार ७२ छ । ईपीएसअन्तर्गत २ लाख ३३ हजार ६३ कामदार कोरियामा कार्यरत छन् ।

यस्तै अन्य माध्यमबाट प्रवेश गरी बिना भिसा काम गर्नेको संख्या १ लाख ७४ हजार ७३ छ । अवैधानिकमध्ये सवैभन्दा बढी भियतनामी छन् । भियतनामी अवैधानिक कामदारको संख्या १४ हजार ४ सय ७० छ । सबैभन्दा कम अवैधानिक कामदार भएको नेपालीको संख्या ७ सय ७३ मात्रै छ । कोरियामा २९ हजार ३ सय १५ जना नेपाली कामदार कार्यरत छन् ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय