नेपाली सेनाले दुई सय १६ प्राविधिक पदको दरवन्दी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। ओभरसियर, नर्सिङ, मेकानिकल इन्जिनियर, छापाखाना प्राविधिक, छायाँकार, कम्प्युटर अपरेटरलगायतका ३३ पदमा दुई सय १६ जनाको खुला तथा समानुपातिक समावेशी रुपमा पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो।
दरखास्त फाराम सेनाको मुख्यालय जंगी अड्डा भद्रकालीवाट बुझ्न सकिने सूचनामा छ। पुस ११ गतेवाट माघ ११ गतेसम्म दरखास्त दिन सकिने छ। डवल दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त फाराम भर्ने समय छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1