जेद्धा, पुष ९-
साउदी नागरिकलाई बढी रोजगारीको अवशर सिर्जना गर्दै आप्रवासी कामदारलाई निरुत्साहित गर्ने उद्धेश्यले साउदी अरवले आप्रवासी कामदारका लागि लेवी चर्को बनाउँदै लैजाने नीति अगाडी सारेको छ । गत विहिवार सरकारले प्रस्तुत गरेको बजेट मार्फत यसको घोषणा गरिएको हो ।
साउदीका नागरिकलाई नै रोजगारीको अवशर बढी दिन भन्दै सरकारले आप्रवासी कामदारलाई लेवी लगाउने प्रस्ताव गरेको हो । हाल पनि साउदी अरवका नागरिक र आप्रवासी कामदारको अनुपात नमिलेमा प्रति आप्रवासी कामदार २ सय रियाल लेवी कम्पनीहरुले तिर्नु पर्दछ ।
तर यसलार्ई क्रमशः बृद्धि गर्दै लैजाने योजना बजेट मार्फत गरिएको छ । यसले साउदीकै नागरिकलाई रोजगारी दिने दर बृद्धि हुने अपेक्षा गरिएको अरव न्यूजले समाचार लेखेको छ । समाचारमा जनाइए अनुसार सन् २०१७ को जुलाई देखि प्रति आप्रवासी कामदार १ सय रियाल लेवी तिर्नुपर्नेछ ।
सन् २०१८ को जुलाई देखि लेवी रकम दोव्वर हुनेछ भनें सन् २०२० मा यो प्रतिमहिना ८ सय रियालसम्म पुग्नेछ । बीचमा कुनै परिवर्तन नभएमा यसले साउदी अरवमा रोजगारीको विकल्प लगभग बन्द जस्तै हुनेछ ।
समाचारमा लेभी कम्पनीले तिर्नुपर्ने आशय देखिएको छ । तर सो रकम कम्पनी स्वयंले तिर्नुपर्ने वा मलेसियामा झैं कामदारबाट नै उठाइने हो प्रष्ट छैन ।
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA” frameborder=”0″ allowfullscreen></iframe>{/source}