आज युएईमा नेफ्टा फिल्म अवार्ड, कलाकार युएई पुगे 

काठमाडौं, पुष ८ 

नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा आज(शुक्रवार) युएईमा नेफ्टा फिल्म अवार्डको नवौं संस्करण आयोजना हुँदैछ । सो कार्यक्रममा सहभागि हुन कलाकार सहितको ठूलो टोली युएई पुगेको छ । 

नेपाली चलचित्रको इतिहासमा यो कार्यक्रमलाई अविस्मरणीय बनाउने बताउदै कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनिका सालिक सुबेदीले कार्यक्रमको ब्यवस्थापनमा कुनै सम्झौता नगरिने यसअघि नै बताएका छन् । अवार्ड समारोहका लागि  इभेन्ट ब्यवस्थापन गरिरहेको सेभेन स्टार इभेन्ट कम्पनि र नेफ्टाका प्राविधिकले सयुक्त प्राविधिक ब्यवस्थापन गर्दैछ । 

अवार्ड समारोहमा नायक राजेश हमाल, आर्यन सिग्देलसँगै नायिका केकी अधिकारी, करिश्मा मानन्धर, चरित्र अभिनेतृ बसुन्धरा भुषाल लगायतका अहिलेका चर्चित सबैजसो कलाकार युएई पुगेका छन् ।  

बिक्रम सम्बत २०७२ सालमा बनेका र चलचित्र प्राविधिक संघको आह्वान बमोजिम दर्ता भएका ४३ चलचित्र बीच ३१ विधामा प्रतिस्पर्धा हुँदैछ । नेपाल चलचित्र प्राबिधिक संघले बिदेशमा रहेका नेपालीको ईच्छानुसार नेफ्टा फिल्म अवार्डलाई व्यवस्थित तथा भब्य बनाउन नेफ्टा फिल्म अवार्डको नवौं संस्करण युएईमा गर्न लागेको हो । यस अघिका अवार्ड वितरण समारोह कतार, मलेसिया र हंककंगमा भएका थिए ।

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय