
काठमाडौं, पुष ७
रोजगारीका लागि मलेसिया गएर परिवारसँग सम्पर्कमा नरहेका हिमाल तामाङले घरमा फोन गरेका छन् । उनले श्रीमति कोपिला तामाङसँग फोन गरेर कुराकानी गरेका छन् । यसअघि देशपरदेशले हिमाल परिवारसँग सम्पर्कमा नरहेको भिडियो सहितको समाचार प्रकाशित गरेको थियो ।
सिन्धुपाल्चोकको स्याउलेका हिमाल ५ बर्षअघि मलेसिया गएका हुन् । उनी झण्डै दुई बर्षयता परिवारसँग सम्पर्कमा थिएनन् । एक छोरा र दुई जुम्ल्याहा छोरीका बाबु हिमालले टेलिफोन गरेसँगै परिवारमा खुसी छाएको छ ।
उनका बारेमा यसअघि प्रकाशित समाचार
हाम्रा बाबा कहाँ छन् ? (भिडियो)