कतारमा कामदारलाई शरिर चिस्याउने हेल्मेट !

दोहा, पुष ६ 

कतारमा आगामी सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिताको निर्माणस्थलमा कार्यरत कामदारलाई गर्मी मौषममा चिसो बनाउने हेल्मेट दिइने भएको छ । यसले गर्मीबाट कामदारलाई धेरै हदसम्म बचाउने अपेक्षा गरिएको छ । यस्तो हेल्मेट आगामी महिनादेखि दिइने दोहान्यूजले समाचार लेखेको छ । यस्तो हेल्मेटले १० डिग्रिसम्म शरिरको तापक्रम घटाउने बताइएको छ । यस्तो हेल्मेट लगाएर बाहिरको काम गर्न सहज हुने अपेक्षा गरिएको छ । 

विश्वकप फुटवल प्रतियोगिता आयोजक कमिटीका अनुसार यो हेल्मेट कतार विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले विकास गरेका हुन् । सौर्य उर्जा जोडिएको हेल्मेटमा सानो प्यानल हेल्मेटमा नै जडान गरिएको छ । हेल्मेटको माथिल्लो भागमा रहेको चिसो बनाउने पदार्थलाई सानो पंखाले घुमाउने र त्यसले टाउको चिसो बनाउने समचारमा उल्लेख छ ।  

तर कतारले सुविधा दिने नाममा कामदार माथि यस प्रकारको प्रयोग गर्न खोजेको भन्दै यसको विरोध सुरु भइसकेको छ । 

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Kz4Pw7sLiws” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय