नेफ्टाको तयारी पुरा, प्राविधिक टोली युएई आइपुग्यो  

त्रिलोचन कोइराला, युएई

नेपाल चलचित्र प्राविधिक सङ्घको आयोजनामा आगामी डिसेम्बर २३ तारिखमा युएईमा हुने नेफ्टा फिल्म अवार्डको नवौं संस्करणका लागि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् । कार्यक्रमको ब्यबस्थापन गर्ने ६ सदस्य प्राविधिक टोली पनि युएई आइपुगेको छ । 

स्पेक्ट्रम एडभरटाइजिंग एण्ड मिडिया कन्सल्टेण्टका राजकुमार भट्टराईको नेतृत्वमा बाबुराम दाहाल, रमेशमान श्रेष्ठ लगाएत ६ जना युएई आएका हुन । डिसेम्बर २३ तारिक हुने अवार्ड समारोहका लागि डिसेम्बर २२ तारिकमा १ सय २० जना कलाकार, पत्रकार, प्राविधिक संघका प्रतिनिधि युएई आउदै छन ।

नेपाली चलचित्रको इतिहासमा यो कार्यक्रमलाई अविस्मरणीय बनाउने बताउदै कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनिका सालिक सुबेदीले कार्यक्रमको ब्यवस्थापनमा कुनै सम्झौता नगरिने बताए । अवार्ड समारोहका लागि  इभेन्ट ब्यवस्थापन गरिरहेको सेभेन स्टार इभेन्ट कम्पनि र नेफ्टाका प्राविधिकले सयुक्त प्राविधिक ब्यवस्थापन गर्ने आयोजक राजन अधिकारीले बताए ।

नेफ्टा फिल्म अवार्डको नवौं संस्करण युएईमा कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनिको समन्वयमा सम्पन्न गर्न युएईको व्यवस्थापनको जिम्मा सालिक सुबेदी, राजन अधिकारी र सुवास सिंह ठकुरी (अनिश) ले गर्दैछन् । युएईका लागि मोफसल मिडिया ग्रुप आधिकारिक मिडिया पार्टनर रहेको छ ।

अवार्ड समारोहमा महानायकको उपाधि पाएका राजेश हमाल, चर्चित हाँस्यकलाकार दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तती, नायक दयाहांग राई, निखिल उप्रेती, नायिका केकी अधिकारी, सञ्चिता लुइँटेल लगायतका अहिलेका चर्चित सबैजसो कलाकार युएई आउदैछन ।

बिक्रम सम्बत २०७२ सालमा बनेका र चलचित्र प्राविधिक संघको आह्वान बमोजिम दर्ता भएका ४३ चलचित्र बीच ३१ विधामा प्रतिस्पर्धा हुँदैछ । नेपाल चलचित्र प्राबिधिक संघले बिदेशमा रहेका नेपालीको ईच्छानुसार नेफ्टा फिल्म अवार्डलाई व्यवस्थित तथा भब्य बनाउन नेफ्टा फिल्म अवार्डको नवौं संस्करण युएईमा गर्न लागेको हो । यस अघिका अवार्ड वितरण समारोह कतार, मलेसिया र हंककंगमा भएका थिए ।

यो भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय