काठमाडौं- श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङले वैदेशिक रोजगारी मुलुकको हितमा नरहेको बताएका छन । राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले वैदेशिक रोजगारीको अन्त्य नगरे पनि न्यूनिकरण गर्नुपर्ने बताए ।
समाजमा कल्पना नै गर्न नसक्ने विकृति बढाएको भन्दै युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउनु पर्ने पक्षमा रहेको बताए । मन्त्री गुरुङले भने ‘अहिले समाजमा विकृति बढेको छ, विकृति रोक्नका लागि वैदेशिक रोजगार बन्द नगरेपनि न्यूनीकरण गर्नैपर्छ । यो गरिएन भने समाजमा ठुलो विकृति देखिनसक्छ ।’
राज्यले विप्रेषण देखेर युवालाई वैदेशिक रोजगारीमा पठाइरहने हो भने नेपाली समाज नै सखाप हुने धारणा राखे ।
कारोवारबाट
यो पनि पढ्नुहोस्
साउदी अरवमा यसबर्ष १५० जनालाई फाँसी दिइने