सुर्कने झोला बोकेर कतार कुद्नेहरु प्रति संवेदनशिलः मन्त्री गुरुङ

काठमाडौं, पुष ३

श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले सुर्र्कने झोला बोकेर कतार कुद्ने नेपालीप्रति संवेदनशिल हुन सवैैलाई आग्रह गरेका छन् । काठमाडौंमा पूर्वस्वीकृति सम्वन्धि अनलाइन प्रणालीको उद्घाटन गर्दै मन्त्री गुरुङले बैदेशिक रोजगारमा जाने कामदारको हितमा ध्यान दिन सम्वद्ध सवै पक्षलाई आग्रह गरे । 

उनले अनलाइन प्रणाली धेरै अगाडीदेखिको अठोट पूर्ण हुनु हो भन्दै यसबाट धेरैले लाभ लिन सक्ने विश्वास व्यक्त गरे । उनले बैदेशिक रोजगारलाई व्यवस्थीत बनाएर लैजान सवैको हातेमालो आवश्यक हुने विचार प्रकट गरे । 

यसअघि बोल्दै श्रम तथा रोजगार राज्यमन्त्री दिलिप गच्छेदारले देशलाई घाटा हुने काम गर्न नहुने भन्दै घुमाउरो ढंगमा फ्रिभिसा, फ्रिटिकटको निर्णयको विरोध गरे । उनले यसले रेमिट्यान्स घटेको तर्क गर्दै यसअघि गलत निर्णय भएको भए त्यसमा पुनर्विचार गर्नुपर्ने धारणा राखे । 

सो अवशरमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बराल, क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुईटेल लगायतले मन्तव्य राखेका थिए । अनलाइन प्रणालीको शुभारम्भ गर्नु अगाडी प्रभातफेरी निस्किएको थियो । 

यो पनि पढ्नुहोस् 

नेपाल र कतारको मानव अधिकार आयोगबीच ११ बुँदे कार्यान्वयनपत्रमा हस्ताक्षर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: