सीप सिकाएर मात्र विदेश पठाउन जोड

काठमाडौं, पुष ३

नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ(काउन) ले अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवशरमा एक छलफल कार्यक्रम आयोजना गरेको छ । सो छलफलमा साँसद, बैदेशिक रोजगारको क्षेत्रमा कृयाशिल व्यक्तिहरुको सहभागिता रहेको थियो । 

सो अवशरमा बोल्दै साँसद अशोक कोइराललाई सीपयुक्त व्यक्तिलाई मात्र बैदेशिक रोजगारीमा पठाउन सके राज्यले बढी लाभ लिन सक्ने बताए । उनले सकेसम्म स्वदेशमा नै रोजगारीको अवशर बृद्धिका लागि प्रयत्नशिल रहन पनि सुझाव दिए । 

भारतको रोजगारीलाई नेपालले बैदेशिक रोजगारीको क्षेत्रभित्र नराखेका कारण त्यहाँ कार्यरत श्रमिकले ठूलो समस्या झेलिरहेको भन्दै यसतर्फ पनि ध्यान दिइनुपर्ने कोइरालाको भनाई थियो । उनले ईराक, अफगानिस्तानमा नेपाली मारिंदा क्षतिपूर्ति दिने सरकारले भारतमा नेपाली मारिंदा उनीहरुका परिवारलाई केहि नदिएको भन्दै यो राज्यको विभेदकारी नीति भएको तर्क गरे । 

सो अवशरमा बोल्दै नेपाल ट्रेड यूनियन काँग्रेस(एनटीयूसी) का अध्यक्ष खिलानाथ दाहालले नेपालले मुख्य गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गर्न प्राथमिकता दिनुपर्ने बताए । उनले श्रम सम्झौता नभएसम्म नेपाली कामदारको सुरक्षा नहुने भन्दै त्यसका लागि सरकारलाई झक्झक्याउने काम भइरहेको बताए । 

फ्रिभिसा, फ्रिटिकटको निर्णय गराउन नेपालका ट्रेड यूनियनहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै त्यसलाई कायम राख्न आफूहरुले प्रयास जारी राखेको अध्यक्ष दाहालको भनाई थियो । 

एनटीयूसीका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले बैदेशिक रोजगारीबाट फर्किने कतिपय महिलाले बच्चा सहित फर्किने गरेका कारण यो जटिल समस्या भएको तर्क गरे । प्रथम महिला उपाध्यक्ष रमा पौडेलले खाडीमा कार्यरत धेरै नेपाली युवालाई नेपालमा नै रोजगारीको अवशर सिर्जना गर्नतर्फ लाग्नुपर्ने बताइन् । उनले बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बनाएर नेपालले बैदेशिक रोजगारीलाई प्रवद्र्धन गरिरहेको भन्दै त्यसलाई व्यवस्थापन बोर्ड बनाउनु पर्ने धारणा राखिन् । 

काउनका महासचिव प्रदीप आचार्यले काउनले विडव्लुआइसँगको समन्वयमा कतारमा प्रवासी नेपाली कामदारलाई संगठित गर्ने काम भइरहेको जानकारी गराए । उनले नेपाली कामदारले विदेशमा राम्रो काम गर्दा गर्दै पनि कम ज्याला पाइरहेको भन्दै आफूहरुको चाहना नेपालीका लागि स्वदेशमा नै रोजगारी सिर्जना रहेको धारणा राखे । उनले बैदेशिक रोजगारमा जानेहरु पनि सुरक्षिता रुपमा जाने वातावरण बनाइनुपर्ने बताए ।  

छलफलमा विभिन्न व्यक्तिले बैदेशिक रोजगारलाई सुरक्षित र उपलव्धीमूलक बनाउन गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय