नेपाल र कतारको मानव अधिकार आयोगबीच ११ बुँदे कार्यान्वयनपत्रमा हस्ताक्षर  

 

काठमाडौं, पुष ३

राष्ट्रिय मानव अधिकार आयोग, नेपाल तथा राष्ट्रिय मानवअधिकार आयोग, कतारबीच गतबर्ष सम्पन्न दुई आयोगबीचको समझदारीपत्रको ११ बुँदे कार्यान्वयन पत्रमा हस्ताक्षर भएको छ । सो कार्यान्वयनपत्रमा आयोगका अध्यक्ष अनुपराज शर्मा तथा राष्ट्रिय मानवअधिकार आयोग, कतारका अध्यक्ष डा. अलि विन समिख अल मारीले हस्ताक्षर गरे । 

सो अवशरमा बोल्दै अध्यक्ष शर्माले दुवै देशका आयोगहरु आप्रवासी कामदारको अधिकार रक्षाका लागि प्रतिवद्ध रहेको बताए । दुई देशका आयोगबीच गतबर्ष भएको समभदारीपत्रमा हस्ताक्षरले यसको पुष्टि गरेको भन्दै खाडीका अन्य देशहरुमा पनि यस्तै समझदारी गर्दै जाने लक्ष्य राखिएको बताए । यस्तो कृयाकलापले द्धिपक्षिय सम्वन्धलाई मजबुत बनाउने उनले अपेक्षा प्रकट गरे । नेपाल र अन्य गन्तव्यमुलुकबीच द्धिपक्षिय श्रम सम्झौता आवश्यक रहेको भन्दै अध्यक्ष शर्माले मानव अधिकार आयोगहरुबीच भएको समझदारी पत्रले यसका लागि ढोका खोल्ने विश्वास व्यक्त गरे । समझदारीपत्रको कार्यान्वयनका लागि बनाइएको योजनालाई क्रमशः लागु गर्दै जान नेपालको राष्ट्रिय मानव अधिकार आयोग प्रतिवद्ध रहेको पनि उनले बताए । 

सो अवशरमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग, कतारका अध्यक्ष अलमारीले आप्रवासी कामदारको अधिकार संरक्षण कामदार पठाउने र लिने दुवै मुलुकको साझा दायित्व रहेको बताए । कामदारको अधिकार रक्षा दुवै देशका मानव अधिकार संगठनको सामुहिक प्रयत्नबाट सम्भव हुने भन्दै उनले समझदारीपत्र कार्यान्वयनका लागि बनाइएको योजनाले कामदारको अधिकार हनन्लाई निरुत्साहित गर्ने धारणा राखे । 

हरेक बर्ष कतारले विकास निर्माणका लागि ठूलो संख्यामा आप्रवासी कामदार भित्रियाउने गरेको भन्दै पछिल्लो समयमा कतारले आप्रवासी कामदारको अधिकार रक्षाका लागि महत्वपूर्ण काम गरिरहेको बताए । उनले हालै कफाला प्रणालीको अन्त्य गर्नेगरी नयाँ कानून लागु भएको समेत स्मरण गरे । नयाँ कानूनको कार्यान्वयनका लागि कतारको आन्तरिक मन्त्रालयले छुट्टै कमिटी समेत बनाएको भन्दै त्यसमा राष्ट्रिय मानवअधिकार आयोगका समेत प्रतिनिधि रहेको प्रष्ट पारे । कामदारको अधिकारका बारेमा आयोगले विभिन्न अभियानहरु सञ्चालन गरिरहेको भन्दै अलमारीले दुई देशका आयोगबीचको समझदारी अनुरुप गरिने कामले कामदारलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय