
चन्दनकुमार यादव, राजबिराज
बैदेशिक रोजगारका दृष्टिकोणले सुरक्षित टोल अभियान अन्तर्गत बिषहरी गाविसको पिपराही टोललाई सुरक्षित, ठगी मुक्त टोल बनाउने अभियान शुरु भएको छ । बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा लाभदायक बनाउने तथा रोजगारीका लागि विदेसिने ब्यक्तिहरु ठगिवाट जोगिउन् भन्ने उद्धेश्यले अभियान सुरु गरिएको हो । सो अभियानका क्रममा सबै कागजपत्र घरमा एक प्रति राख्ने र सीप सिकेर जाने तथा सबै कुराको सुचना लिएर जाने प्रतिवद्धता गराइन्छ ।
बिषहरीया गाविस ५ पिपराहीको ३५ घरपरिवार रहेको सदा बस्तीमा सामी/हेल्भेटासको सहयोग तथा सवल नेपालद्धारा संचालित कार्यक्रम अन्तर्गत आप्रवासी कामदार हकहित संरक्षण केन्द्र अभियान सञ्चालन गरेको केन्द्रका सह सचिव डम्वर नारायण यादवले बताए ।
स्थानीय समाजसेवी रत्न यादवका अनुुसार सो गाउँका बासिन्दाले सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जाने तथा सुचना लिने गरेका छन् । यसका बारेमा गाउँमा सवै सचेत भएको र सोही अनुरुप काम हुन थालेको यादवको भनाई छ ।
आप्रवासी कामदार हकहित केन्द्र सप्तरीद्धारा आयोजित कार्यक्रममा सामी/हेल्भेटासका जिल्ला परियोजना संयोजक देवनारायण चौधरी, सुचना तथा परार्मश केन्द्रका संयोजक रामप्रमेश मण्डल, सवल नेपालका आम सञ्चार कार्यक्रमका संयोजक अशोक साह लगायतले बैदैशिक रोजगारमा जाँदा सबै कुराको जानकारी लिएर, सुरक्षित भएर जना तथा ठगीनबाट जोगिन सचेत हुन आग्रह गरेका थिए ।
यस वर्षको अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस नेपालमा साताभरी नै मनाई रहेको वेला सप्तरीमा पनि सामी परियोजना अन्तर्गत सवल नेपालले बिभिन्न कार्यक्रम गरी मनाई रहेको सवल नेपालका कार्यक्रम संयोजक साहले बताए ।